अत्तरिया – नेपालले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाईरहेको छ । भ्रमण बर्षकै अवसरमा गोदावरी नगरपालिकाले पनि भ्रमण बर्ष लक्षित बिभिन्न कार्यक्रम गरिरहेको छ । नगरपालिकाले भ्रमण बर्षलाई लक्षित गरी नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको बिभिन्न माद्यमबाट प्रचारप्रसारमा पनि गरिरहेको छ ।
गोदावरी नगरपालिकामै रहेको मुख्य पर्यटकिय स्थल लामिताललाई पनि नगरपालिकाले मुख्य पर्यटकिय स्थलका रुपमा राखेको छ भने यो ताल पर्यटकको पनि आकर्षणमा पर्दै आएको छ । ताल आकर्षण हुनु र ताल बजार नजिकै हुनुले पनि यस तालले सजिलै पर्यटनलाई तान्न सक्ने देखिन्छ । यसको पुष्टि पछिल्लो समय अत्तरिया उद्योग बाणिज्य संघले ताल परिसरमा गरेको ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६’ मा तालमा डुङ्गा संचालन गर्दा पर्यटन निकै आकर्षित हुनुले पनि गर्छ ।
अत्तरिया उद्योग बाणिज्य सघले पुस २७ देखि माघ १२ सम्म आयोजना गरको महोत्सवमा तालमा डुङ्गाको व्यवस्था गर्दा १ हजारले ढुङ्गामा सयर गरे । यसलाई हेर्दै तालमा डुङ्गाको राम्रो सम्भावना रहेको प्रष्ट हुन्छ तर अहिलेको अवस्थामा नभई यसका लागि तालमा केहि पुर्वाधार निर्माण र प्रचारप्रसारको आवश्यकता छ । निजिकै बजार क्षेत्र र बसपार्क पनि भएकाले ताललाई आकर्षक बनाई डुङ्गाको व्यवस्था गर्न सकेको खण्डमा यस क्षेत्रमा घुम्न आउने जो कोहि पनि आकर्षित हुन सक्छन । निश्चित शुल्क निर्धारण गरेर सानो भएपनि डुङ्गा संचालन गर्न सके त्यसले तालमा हेर्न आउने जो कोहिलाई पनि आकर्षित गर्न सक्ने देखिन्छ । महोत्सवमा कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालि चिसापानीले तालमा डुङ्गाको व्यवस्था गरेको थियो । प्रालीका संचालक बिष्णु प्रशाद जैशीले पनि तालमा नियमित ढुङ्गा चलाउन सक्ने राम्रो सम्भावना रहेको बताए ।
ताल परिसरमा महोत्सवको आयोजना गरेपछि महोत्सवमा आउने सबैले डुङ्गा नचढेपनि तालको भने अधिकान्सले अवलोकन गर्ने गरेका थिए । महोत्सवमा आउने अतिथि देखि लिएर कलाकार दर्शक सबैले एक पटक तालको अवलोकन नगरी फर्किन सकेनन् ।
कैलाली गोदावरी नगरपालिका २ मा पर्ने यो ताल अत्तरियाको बषपार्कको पछाडी रहेको छ । बसपार्क नजिकै भएकाले पनि यो तालको उचित प्रसार र तालमा नियमित ढुङ्गाको व्यवस्था गर्न सके सजिलै आकर्षण गर्न सक्ने देखिन्छ । अत्तरिया बसपार्कमा नौ जिल्लाकै मान्छे बिभिन्न ठाउँबाट आउने र यही बाट बिभिन्न ठाउँको गन्तव्य तय गर्ने भएकाले पनि केहि समय बसपार्कमा प्रतिक्षा गर्नुपर्ने यात्रुले पनि यो तालको भ्रमण गर्न सक्ने देखिन्छ ।
प्राकृतिक सौन्दर्यले भरिएको यो ताल ७ हेक्टर क्षेत्रफलमा फौलिएको छ । चारैतिर हरियाली रुखले भरिएको यो ताल पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्न सक्नेमा दुईमत छैन । त्यसैले यो तालको उचित संरक्षण गरी आन्तरिक तथा बाह्य प्रयटनको आकर्षणको केन्द्र बनाउँन आवश्यक देखिन्छ । बिडम्बना अहिले नत ताल सम्म जाने बाटो राम्रो छ, न ताल तालको शौन्दर्य बढाउन कुनै काम नै गरिएको छ । यति सम्म कि ताल परिसरमा एउटा तालको नाम लेखिएको बोर्ड सम्म राखिएको छैन ।
सम्बन्धित समाचार अत्तरियाको लामितालमा रमाउँदै पर्यटन
लामिताललाई नेपाल भ्रमण बर्ष २०२० को गन्त्यव्य बनाउने की ?