अत्तरिया – नेपाल सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने तयारीमा छ । पर्यटन व्यवसायी पनि यसैको प्रतिक्षामा छन् । सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना पनि राखेको छ ।
भ्रमण बर्ष नजिकिदै जाँदा प्रयटनको एक आकर्षणको केन्द्र कैलालीको अत्तरियामा रहको लामिताल पनि हो । गोदावरी नगरपालिका २ मा पर्ने यो ताल अत्तरियाको बषपार्क देखि हिडेरै ५ मिनेटमै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिएको यो ताल ७ हेक्टर क्षेत्रफलमा फौलिएको छ । चारैतिर हरियाली रुखले भरिएको यो ताल प्रयटकको मुख्य आकर्षणको केन्द्र बन्न सक्नेमा दुईमत छैन । यस तालको उचित संरक्षण गर्न सके आन्तरिक तथा बाह्य प्रयटनको आकर्षणको केन्द्र बन्न सक्ने भएपनि यसको लागि अहिले सम्म ठोस पहल हुन सकेको छैन ।
अत्तरियाको बजार क्षेत्र नजिकै रहेर पनि यो तालले प्रयर्टनलाई भने त्यति तान्न सकेको छैन । यस तालको उचित संरक्षण र प्रचार प्रसार नहुँदा अहिले तालको विकासका लागि नगरपालिकाले बनाएका केहि पुर्वाधार पनि नासिदै गएका छन ।
गत आर्थिक बर्षमा गोदावरी नगरपालिकाले उपभोक्ता समिति मार्फत तालको सरसफाई , तालको वरपर बाटो निर्माण र तालको वरपर बस्नको लागि १५ ओटा फलामका रेस्टबेन्च, पानी निकासका लागि रेगुलेटर जडान गरिएको थियो । तर अहिले ति निर्माण गरिएका संरचना पनि जिर्ण जस्तै भएका छन ।
तालको चारैतिर राखिएका बस्ने बेन्च घाँसले ढाकिएका छन । तालको चारैतिर हिड्ने बाटो पनि घाँसले मासिदै गएको छ । बाटो निर्माणका लागि आधा भागमा हालेको ग्राबेल पनि बगेर बाटोमा ठुला–ठुला ढुङ्गा मात्रै बाकी रहेका छन । ताल सम्म जाने बाटो पनि अस्तव्यस्त छ । तालको वरपर तालमा घुम्न जानेहरुले फालेको फोहोर फैलिएको छ ।
गोदावरी नगरपालिकाकाले गत आर्थिक बर्षको अन्त्यमा निर्माण गरेको संरचनाको पनि संरक्षण गर्न नसक्दा अहिले ताल पुरानै अवस्थामा फर्किन थालेको छ ।
के के काम गर्न सकिन्छ ?
लामिताल संरक्षण र प्रचार प्रसार गर्न सके यो ताल यस क्षेत्रको प्रमुख प्रयटकिय गन्त्यव्य बन्न सक्ने नेफक कैलालीका अध्यक्ष टिकादत्त जोशीले बताए । ‘तालले सिमसार क्षेत्रको पनि संरक्षण गरेको छ । यसले वातावरण अनुकुल राख्नका लागि पनि महत्वपुर्ण भुमिका खेलेको छ । यसको उचित संरक्षण गर्न सके यो ताल प्रयटकीय रुपमा पनि विकास गर्न सकिन्छ ।’ अध्यक्ष जोशीले भने ‘प्रयटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि यो तालको वरपर घेरबार गरी पर्यटकीय पुर्वधारको निर्माण गरेर आकर्षक बनाउन सकिन्छ ।’ उनले अहिले ताल ७ हेक्टरमा फैलिएकाले यसको उत्तर पट्टिबाट तालमा भरिएको माटो हटाएर ९ हेक्टर सम्म बिस्तार गर्न सकिने बताए ।
तालको संरक्षण र प्रचार प्रसारका लागि भनेर ताल परिसरमै महोत्सवको आयोजना गरिरहेको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले तालको संरक्षणका लागि सबैले सयुक्त रुपमा पहल गर्न आवश्यक रहेको बताए । उनले अत्तरिया उद्योग बाणिज्य संघले तालको प्रसार प्रसारका लागि भनेरै बिगत ४ बर्ष देखिनै सोहि ठाउँमा महोत्सवको आयोजना गर्दै आएपछि अहिले यस क्षेत्रमा प्रयटकहरु आउने क्रम बढ्दै गएको बताए । ‘महोत्सवको समय भन्दा अन्य समयमा पनि यस क्षेत्रमा प्रयटन आगमन बढाउनका लागि सरोकारवाल सबै निकाय संग समन्वय गरेर प्रचार प्रसारलाई अझै तिब्रता दिने छौ ।’ अध्यक्ष देवकोटाले भने –‘यसको विकास गर्नु हामी सबैको दायित्व हो त्यो हामी सबै मिलेर पुरा गर्नु पर्छ ।’ उनले यसको प्रचार प्रसार र यस क्षेत्रमा पुर्वाधार विकासका लागि स्थानिय सरकारले पनि बिशेष योजना ल्याउन आवश्यक रहेको बताए ।
के के काम गरिदैं छ ?
गोदावरी नगरपालिकाका वडा नम्वर २ का अध्यक्ष कृष्ण राज जोशीले लामितालको संरक्षणका लागि गत आर्थिक बर्षमा पनि केहि काम भएको भएपनि पुरा हुन नसकेको बताए । उनले यस बर्ष सहरी विकास तथा भनव निर्माण डिभिजन कार्यालय धनगढी मार्फत तालको संरक्षण र पुर्वाधार विकासका लागि काम हुने बताए ।
उता सहरी सहरी विकास तथा भनव निर्माण डिभिजन कार्यालय धनगढीका ईन्जिनियर बृज लाल चौधरीले तालको संरक्षणका लागि बजेट छुट्याईएको भएपनि के के काम गर्ने भन्नेमा अन्तिम टुङ्गो नलागेको बताए । उनले गोदावरी नगरपालिकाका नगरप्रमुख संग बसेर केहि दिनमै यसको टुङ्गो लाग्ने बताए ।