अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघले सरकारले संचालन गर्न खुला गरेका व्यवसाय संचालन गर्न आग्रह गरेको छ । संघले एक सुचना मार्फत साबधानी अपनाएर तोकिएका व्यापार व्यवसाय संचालन गर्न अनुरोध गरेको हो ।
उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकारको निर्णय बमोजिम तोकिएका उद्योग, व्यवसाय लगायत सम्पुृर्ण कारोबार निर्वाध रुपमा सुरक्षाको पुर्ण प्रबन्ध मिलाई संचालन गर्न आग्रह गरिएको छ । साथै सुचना मार्फत अनिवार्य रुपमा मास्क, स्यानिटाइजर तथा सयम–समयमा साबुन पानिले हात धुने प्रबन्ध मिलाई संचालन गर्न अनुरोध गरिएको छ ।
होटल / रेष्टुरेन्ट, विद्यालय, जिमखाना, सैलुन/ब्युटिपार्लर, सार्वजनिक पुस्तकालय, खेलमैदान, धार्मिक तथा सामाजिक स्थल, तालिम, सेमिनार गोष्टी सिनेमा हल भने संचालन नगर्न सुचना मार्फत जानकारी गराईएको छ ।
सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको भएपनि अत्तरिया बजार भने चैत्र १० गते देखि नै बन्द रहेको छ । सो दिन देखि अत्तरिया बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका थिए ।
चैत्र ९ गते बसेको सर्वक्षिय बैठककले चैत्र १० गते देखि अत्तरिया बजार बन्द गर्ने निर्णय गरेको थियो भने चैत्र ११ देखि देशैभरि लकडाउन गरिएको थियो ।