अत्तरिया - कैलालीमा संचालित ठुला आयोजना मध्यको एक हो मोहनापुल–अत्तरिया ६ लेन सडक । २ बर्षमा सम्पन्न गर्ने गरि २०७४ साल जेठमा ठेक्का सम्झौता भएको सडक निर्माणको म्याद २०७६ जेठमा सकिएको छ । ३ खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको सडकको म्याद सकिएको ६ महिना बिति सक्दा पनि सडक निर्माणको काम आधा मात्रै भएको छ ।
सडक निर्माणको म्याद सकिएको लामो समय भैसक्दा पनि म्याद थप भएको छैन । यद्धपी म्याद थप नहुदा पनि निर्माण कम्पनीले काम भने गरिरहेका छन् । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्र्तगत केही खण्डमा कालोपत्रेको काम पनि सुरु गरिएको छ । अत्तरियाको मुख्य चोक देखी मोहनापुल सम्मको १४।२ किलो मिटर मध्ये अत्तरिया चोकदेखी मनहरापुल सम्म र भन्सार रोडमा कालोपत्रे गर्न सुरु गरिएको हो ।
कालोपत्रे गर्न सुरु भएको मोहनापुल–अत्तरिया सडक खण्डको पुर्ण रुपमा काम सकिन अझै धेरै समय लाग्ने देखिएको छ । आधा भाग कालोपत्रे गर्न सुरु भएपनि मोहनापुल–अत्तरिया सडक खण्डको बिचमा पर्ने पुलको भने अहिले सम्म विस्तृत परियोजना प्रतिबेदन ९डिपिआर० तयार हुन सकेको छैन । सडक निर्माणको सम्झौता सकिएर ६ महिना बितिसक्दा पनि अहिले सम्म ६ लेन सडकमा पर्ने साना तथा ठुला पुलहरुको डिपिआर समेत तयार हुन नसकेको हो ।
६ लेन सडक अन्र्तगत पर्ने तिन ओटा गेटाको मनहरा पुल , सुमी खोलको पुल र मोहना नदीको पुल निर्माणको लागि अहिले सम्म डिपिआर तयार नहुदा पुल निर्माण संगै सडकको काम पुर्ण रुपमा सकिन अझै समय लाग्ने देखिएको छ । मोहनापुल–अत्तरिया सडक निर्माण सुरु भएदेखि सो सडकमा आवतवाजत गर्न सर्बसाधारणहरुले निकै सास्ती खेपिरहेका छन् ।
बर्षायतमा हिलो र हिउदमा धुलोका कारण दैनिक अत्तरिया धनगढी आवतजावत गर्ने सर्बसाधारणहरुले २ बर्षदेखी निकै सास्ती खेपिरहेका हुन् । उता मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाका प्रमुख होम बहादुर एसीले ६ लेन सडक अन्र्तगत पर्ने पुलहरुको निर्माणका लागि प्रकृया सुरु भैसकेको बताए ।
उनले पुलको डिजाइन निर्माण गरेर स्वीकृतका लागि विभागमा पठाएको बताए । विभागले डिजाइन स्वीकृत गरेपछि पुलको टेन्डर लगायत अन्य बाकि प्रक्रिया अघि बढ्ने बताए । 'हामीले यसको डिजाइन निर्माण गरेर स्वीकृतका लागि विभागमा पठाइसकेको छौ' उनले भने -'अब त्यसको स्वीकृत कहिले सम्म हुन्छ , सबै प्रकृया पुरा गरेर पुल निर्माणका लागि अझै लाग्छ तिन चार महिना ।'
१ अर्ब ६८ करोड कुल लागत रहेको १४।२ किलोमिटर लामो मोहनापुल अत्तरिया ६ सडक ३ खण्डमा छुट्याएर छुट्टा छुट्टै ठेक्का मार्फत् काम भइरहेको छ । आयोजनाको दोस्रो र तेस्रो खण्डको ठेक्का निर्माण कार्य राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने पहिलो खण्डको निर्माण नागार्जुन जेभीले गरिरहेको छ ।
समयमै सडकको निर्माण गर्न नसकेको आरोप निर्माण व्यवसायीहरुलाई लाग्ने गरेको भएपनि निर्माण व्यवसायीले भने समयमै साईड क्लियर हुन नसक्नु पनि निर्माण कार्यमा ढिलाई हुनुको कारण भएको बताउने गरेका छन ।