अत्तरिया -कैलालीको गोदावरी नगरपालिकाले नदी जन्य पदार्थ मन परी उठाउन थालेको खुलेको छ । नगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने तीन वटा खोलाहरु खुटिया,गोदावरी र खैराना मा आँफै नदी जन्य पदार्थ उठाउन थालेको हो । छ पटक सम्म पनि नगरपालिकाले टेन्डर आह्वन गर्दा कसैले नहालेपछि आफ्नै नगरप्रहरी राखेर नदी जन्य पदार्थको रोयल्टी संकलन गर्न थालेको हो ।
तर रोयल्टी संकलनमा भने आफ्नो नजिककालाई कुप्पन दिएको खुलेको छ । नगरपालिकाको ठुलो आम्दानी स्रोतको रुपमा लिएको नदी जन्य पदार्थको रोयल्टी उदारो समेत दिएको छ ।
एक स्थानियले भने- 'सरकारले असुल्ने राजस्व पनि उधारो दिने प्रचलन त कतै हुँदैन तर यँहा त धमाधम कुप्पन दिएर नदी जन्य पदार्थ उठाएर ट्याक्टर टिप्परहरु बाहिरिने गरेका छन् ।'
स्रोतका अनुसार यँहा रहेका श्रीपुर बिल्डर्स र वेस्ट्रन क्रसरका नदी जन्य पदार्थ उठाउने सवारी साधनलाई कुप्पन दिने गरेको बुझिएको छ । उनिहरुले महिनाबारीमा नै पैँसा दिने हुँदा उनिहरुलाई कुप्पन नगरपालिकाको छाप लगाएर दिने गरिएको छ । तर अन्य सर्बसाधारणका गाडीहरुबाट भने नगरपालिकाले पुरा रकम असुल्ने गरेको छ ।
स्थानियले यो बिषयमा नगरपालिका का मेयरलाई पनि जानकारी गराएका थिए । तर मेयर खासै चासो नदिएको उनिहरुको भनाई छ । नगरपालिका का अनुगमन समितिका संयोजक देबराज भट्टले बाहिर सामाजिक संन्जालमा आए जस्तो कुनै गलत नभएको दाबी गरे ।
'पहिले पनि उधारो दिने प्रचलन रहेछ । केही क्रसर उधोगका ट्र्याक्टरको संख्या ठूलो भएको ले यो सजिलोको लागि विधि बनाइएको हो । यसमा कुनै अनियमितता भएको छैन । महिनाको मसान्त मा पैसा लिएर हिसाबकिताब मिलान हुन्छ ।'
भट्ट ले आफुहरु नदिजन्य पदार्थबाट बढी भन्दा बढी रोयल्टी संकलन गर्ने तयारीमा लागेको बताए । उनले अहिले नै १३ दिनमा ४० लाख नजिक राजस्व संकलन भैसकेको बताए।
सामाजिक सन्जालमा बिरोध
नदी जन्य पदार्थ कुप्पनबाट उठाउन थालिएपछि सामाजिक सन्जाल भने तातेको छ ।
नगरपालिकाको उक्त कार्यको सामाजिक सन्जालमा स्थानियले ब्यापक बिरोध गरेका छन् । उनिहरुले नगरपालिकाको कमाउने धन्दा भन्दै बिरोध गरेका छन् ।
बिरोध गर्नेमा एमाले नेता कार्यकर्ताको सँख्या पनि उल्लेख्य रहेको छ। एमालेले गोदावरी नगरी कमिटीका अध्यक्ष गोकर्ण भट्टले पनि नगरपालिकाले दिएको कुप्पन सामाजिक सन्जालमा शेयर गरेका छन् ।
उनले गरेको फेसबुक शेयरलाई अन्य एमालेका नेता कार्यकर्ताहरुले पनि शेयर गरेका छन् ।