अत्तरिया -अत्तरियाका एक युबा बिगत ११ दिन देखी बेपत्ता भएका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुरका विलियम सिं मिजार काठमाण्डौबाट बेपत्ता भएका हुन् । उनी बिगत २ बर्ष देखी काठमाण्डौको एक होस्टेलमा बाईबल सम्बन्धी पढाई गर्दै आएका थिए । गत शुक्रबार आफ्नो घर परिवार सँग सम्पर्कमा रहेका मिजार त्यसपछि भने कसैको सम्पर्कमा आएका छैनन । शनिबार चर्चमा बिदा हुने र बिधार्थीहरु बाहिर जाने गरेको भएकाले उनी पनि आफन्तको मा जाने भनेर त्यँहाबाट निस्किएका उनका आफन्तले बताएका छन् ।
उनले आफ्नो मोबाइल पनि र्यापिङ गरेर होस्टेल अध्यनरत साथीलाई दिनु उपहार हो भनेर छोडेका छन् । उनको खोजीको लागी उनकी आमा र परिवारका अन्य सदस्य काठमाण्डौमा रहेका छन् ।पढाईमा निकै अब्बल रहेका विलियम झण्डै ३ बर्ष गोदावरी एफ .एममा पनि प्राबिधीकको रुपमा कार्यरत रहे । केही बर्ष अघी अत्तरिया कै एक युबती सँग प्रेममा रहेका थिए । ति युबतीलाई उनले झण्डै १५ दिन सम्म आफ्नो घरमा समेत राखेका थिए ।
तर पछि युबतीको परिवारले अस्विकार गरेपछि विलियमले केही समय मानसिक सन्तुलन समेत गुमाएका थिए । त्यसपछि परिवारका सदस्यहरुले उनालाई काठमाण्डौमा फेला पारेर घर फर्काएका थिए । त्यसको लगत्तै उनले स्कलरसिपमा बाईबल अध्यन गर्ने अबसर पाएपछि फेरी काठमाण्डौ गएका थिए ।
ति युबतीलाई पनि परिवारका सदस्यहरुले काठमाण्डौ पढन पठाएका थिए । तर बिगत केही समय यता युबतीको साथी मार्फत दुई जानाको भेट भएको विलियमको पारिवारीक स्रोतले बताएको छ । भेटका क्रममा युबतीले विलियमलाई अब हाम्रो बाटो अलग अलग हुनु पर्छ बिगतलाई बिर्सिनु पर्छ भन्ने गरेकी थीइन् । उनीहरु दुबै क्रष्टियन धर्म मान्दै आएका छन् ।
उनका काका धन बहादुर बिकले खोजी कार्यको लागी सबैलाई अनुरोध गरिएको बताए । 'हामी परिवारका सदस्यहरु काठमाण्डौ आएका छौं,' उनले भने -'प्रहरीलाई निबेदन दिएका छौं , विलियम भेटिएको छैन ,कल डिटेल लिने र अन्य अनुसन्धान गर्ने कार्य जारी राखेको छ ।'विलियम कि आमा खिना देबी मिजारले छोरोको खोजीमा सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छिन् । उनले भनिन्- 'काठमाण्डौ पढन आएको छोरोको यस्तो हालत भयो , के भयो कसले के गर्यो सबैले सहयोग गरिदिनु पर्यो । '