अत्तरिया - चार्डपर्व नजिकिएसगै सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफनटा र गड्डाचौकी नाकाबाट स्वदेश फर्किने नेपालिहरुको चाप बढ्दै गईरहेको छ । सोही अवधिमा स्वदेश फर्किने नागरिकबाट अटो तथा ई–रिक्सा चालकले चर्को भाडा असुल्ने कार्य पनि बढ्दै गईरहेको गुनासो पनि बढेको छ ।
यसलाई नियन्त्रणमा ल्याउनको लागि ट्राफिक प्रहरी कार्यालय कैलालीले निगरानी बढाएको छ ।
कैलालीको त्रिनगर नाका हुँदै स्वदेश फर्किने नागरिकबाट अटो तथा ई–रिक्सा चालकले चर्को भाडा असुल्न थालेपछि नाकामै प्रहरी खटाएर निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले जानकारी दिए ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु दसैँ तिहार नजिकिए सँगै घर फर्किन थालेका छन् ।
प्रहरी निरीक्षक बोहराले भने, नाकामा अटो तथा ई रिक्साहरूले भाडा शुल्क चर्को लिने गरेको जनगुनासो हामीलाई आएको छ ।
अहिले हामीले नाकामै प्रहरी परिचालन गरि अटो तथा ई–रिक्साहरूमाथि कडा निगरानी गरिरहेका छौँ ।” धनगढी उपमहानगरपालिका भित्र चल्ने अटो तथा ई–रिक्साले त्यस्तो कार्य नगर्न समेत सुझाब दिएका छन् ।
“त्रिनगर भन्सार क्षेत्रमा चल्ने सम्पूर्ण अटो तथा ई–रिक्सामा निर्धारित भाडा दर रेट लिस्ट यात्रुहरुकाले प्रस्ट रूपमा देखिने स्थानमा टाँस गर्न भनेका छौँ । कुनै पनि अटो, ई–रिक्सा तथा सार्वजनिक सवारी साधनहरूले तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेमा तुरुन्त १०३ वा ०९१–५२१६९९ मा टेलिफोन गर्न सक्नुहुनेछ ।” उनले भने ।
आइतबारदेखि जिल्ला ट्राफिक प्रहरीले कार्यालयले समेत अटोरिक्सा चालकमाथि निगरानी बढाउने अभियान नै सञ्चालन गरेको जनाएको छ ।