काठमान्डौ -माधव नेपालको साथ छोडेका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त अपील जारी गरेका हुन्।
उनीहरूले एमाले एकता जोगाउन १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन र नेपाललाई नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया रोक्न आग्रह गरेका छन्।
संयुक्त अपीलमा भनेका छन्, ''अध्यादेशपछि विभाजित पार्टीको एकताका लागि हामी सम्भव सबै उपायको खोजी र अवलम्बनमा क्रियाशील छौं। पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौं।
उनीहरूले अध्यक्ष ओलीलाई भनेका छन्, ''पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम लचिलो हुँदै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही लगायत सबै प्रकारका कारबाही रद्द गर्न हामी हार्दिक आग्रह गर्दछौं।''
उनीहरूले कार्यकर्तालाई पनि यसका लागि दबाब दिन अपील गरेका छन्। संयुक्त अपीलमा भनिएको छ, ''पार्टीमा उत्पन्न संकटको वेलामा नेकपा (एमाले) का सम्पूर्ण नेता-कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई सहमतिको कार्यान्वयन, पार्टीको एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य, सुझबुझ र सक्रियताका साथ सकारात्मक भूमिका निर्वाह गर्न हामी हार्दिक आह्वान गर्दछौं।'
९ नेताको अपिल यस्तो छ :

