धनगढी – सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने कर्णाली प्रदेशमा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।
आज थपिएका १८ मद्ये कैलालीका १० र कन्चनपुरका ८ रहेका छन । कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।सुदुरपश्चिम भित्र परिक्षण गरिएका कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । भने प्रदेश बाहिर परिक्षण गरेर कोरोना पुष्टि भएकाहरुको संख्या १२ पुगेको छ ।
सुर्खेतको प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १० जनाको कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मेल्लेख गाउँपालिकाका ८,मंगलसेन नगरपालिकाका १ र चउरपाटीका १ जना गरी १० जना नयाँ संक्रमित फेला परेका हुन् । थप बाजुरा र बझाङका १/१ जना कोरोना संक्रमित प्रदेश बाहिर रहेका छन । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुगेको हो ।
प्रदेश भित्र उपचार गराईरहेका ७ जना निको भएर डिस्चार्ज भईसकेका छन भने एक जनाको मृत्यु भईसकेको छ ।