अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका बिभिन्न वडाहरुमा जडान गरिएका सोलार सडक बत्ति बन्द रहेको छन् ।
एक पटक बत्ती जडान गर्ने र पछि फर्किएर नहेर्ने कारण बिभिन्न टोलहरुमा जडान गरिएका गोदावरी नगरपालिका वडा न. १ मा पर्ने गुहयेश्वरी वसन्तपुर टोलमा सोलार बत्तिजडान भएको ३ महिना बित्न नपाउदै बन्द भएको छ ।
२०७६ साल जेठ २२ गते आएको विनासकारी हावाहुरीको कारणले सोलारबत्तिको ब्याट्रि केही समस्या आएपछि त्यो अहिले सम्म बन्न सकेको छैन ।
सडकमा लगाएयो सोलार बत्ति बन्द हुदाँ अहिले रातीको समयमा हिडडुल गर्नमा कठिनाई भैरहेको स्थानियहरुले बताएका छन् । अहिले बर्षातको बेलामा सर्पको डर भएपनि सडक बत्ति बन्द हुदाँ निकै समस्या भैरहेको स्थानिय दशरथ भट्टले जानाकरी दिए ।
उनले बत्तिजडान भएको ३ महिना बित्न नपाउदै बन्द भएपनि अहिले सम्म नबन्नु सम्बन्धित निकायको लापरबाही भएको बताएका छन् ।
"हामीले यस बिषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकेको छौ , पटक पटक जानकारी गराउँदा पनि हुन्छ हामी बनाउछौं भन्न थालेको करीब बर्ष दिन हुन लागि सक्यो तर बनेको छैन उनले भने - "के यो सोलार बत्ति देखाउनको लागि मात्र राखिएको हो ।"
कि अझै मर्मत हुन बर्ष समय लाग्ने हो । यस्तै पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको टोलमा जडान गरिएका धेरै जसो सोलार बत्ति बन्द रहेको छन् ।
गोदावरी ४ बास्कोटामा पर्ने उक्त टोलमा जडान गरिएका धेरै जसो सोलार बत्ति बर्षदिन नबित्दै बन्द भएको स्थानियले बताएका छन् । स्थानिय रोहित धामीले कुनै पनि विकास निर्माणको काम गर्नुअघि त्यसको दिर्घकालिन काम गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले सडकबत्ति बिग्रिएको लामो समयसम्म पनि नबन्नु दुखको कुरा भएको बताए ।
उनले बर्खाको समयमा बिभिन्न खाले समस्या हुने हुदाँ देखाउनका लागि नामको मात्रै रहेको सोलर बत्तिलाई कामको बनाइदिन वडा , नगरपालिका लगाएत सम्बन्धित सबैलाई अग्रह गरेका छन् ।
नगरभित्र जडान गरिएका सडकबत्तिले गाउँ टोलका स्थानियहरुलाई रातिको समयमा आवतजावत गर्न निकै सहज भैरहेकाले बन्द रहेका सोलार सडकक बत्ती चाडै मर्मत हुन जरुरी छ ।