धनगढी -उधोग , वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी र बजारमा अभाब श्रीजना गर्ने कसैलाई नछोडिने बताएका छन ।
उनले कोभीड- १९ को माहामारी र चाडबाडको फाईदा उठाएर कसैले बजारमा अखाध्य बस्तुहरुको बिक्री बितरण गरेको पाइए कडा कार्बाही गरिने चेतावनी दिए ।
धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले बजार अनुगमन पनि चाडबाडको बेला मात्रै हुन्छ भन्ने कुरो गलत रहेको जिकिर गरे ।
'बजार अनुगमन बर्ष भरी नै हुन्छ, चाडबाडको बेला मात्रै हुँदैन,' मन्त्री भट्टले भने ,' सुदुरपश्चिमका सबै जिल्लामा अनुगमन गर्ने बाणिज्य कार्यालय सँग सवारी साधनको अभाब रहेछ,त्यो समस्या समाधान छिट्टै हुन्छ त्यसपछि यँहा नियिमित बजार अनुगमन हुन्छ।' मन्त्री भट्टले बजारमा सहज आपुर्ती र गुणस्तरिय सामाग्री बिक्रीको लागी ब्यबसायीहरुले पनि सहयोग गर्नु पर्ने बताए ।
उनले बजारमा चाडबाडको बेला खाध सामाग्री आपुर्तीमा कुनै समस्या नहुने दाबी गरे ।'दार्चुलाको टिंकर र छङरुमा समेत पहिलो पटक अहिलेको सरकारले सस्तोमा खाधान्न पुर्याएको छ, त्यसैले दुर्गम ठाउँमा पनि सरकारले सहज रुपमा खाधान्न पुर्याउँछ,' मन्त्री भट्टले भने ,' बजारमा कुनै समस्या हुँदैन, ब्यबसायिक संघ संस्थाहरु सँग पनि सरकारले निरन्तर छलफल गरिरहेको छ।'
मन्त्री भट्ट्ले प्रदेशको राजधानी कार्यन्वयनमा ढिलाई भएको स्विकार गर्दै त्यसको जग्गा प्राप्तीको लागी पहल भईरहेको बताए । मन्त्री भट्टले शुख्खा बन्दरगाह निर्माण को कार्य पनि अघि बढेको बताए । हरैयामा बिषेश आर्थीक क्षेत्र, कन्चनपुरको दैजीमा औधिगिक क्षेत्र, गोदावरी र गेटामा औधोगिक करिडोर को कार्य पनि भईरहेको मन्त्री भट्टको भनाइ रहेको छ ।