अत्तरिया - सुदूरपश्चिमका आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय दुई जनाको कोरोना परीक्षण भएकोमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा गोदावरी नगरपालिकाका २ जना , धनगढी उप–महानगरपालिका ५ जना , जोशीपुर गाउँपालिकाका ५ जना , चुरे गाउँपालिकाका ३ जना , गौरीगंगा नगरपालिकाका १ र टीकापुर नगरपालिका १ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, पुनरवास नगरपालिकाका र डोटीको केआईसिंह गाउँपालिकाका एक र एक जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, पाटन नगरपालिका वडा नम्वर ५ का एक जना र मेलौली नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ५२ पुगेको छ । हाल सम्म संक्रमण पुष्टि भएका झण्डै ६ हजार ६ सयले कोरोना जितेका छन् ।