अत्तरिया - आफुहरुले पाउनुपर्ने तलब लामो समयदेखि नपाएको भन्दै संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु० ले गोदावरी नगरपालिका अगाडी धर्ना दिएका छन ।
आफुहरुले बिगत १ बर्ष देखीको तलब नपाउदाँ समस्यामा परेकाले तत्काल तलब उपलब्ध गराउनु पर्ने माग राख्दै इस्टुको गोदावरी नगर समितिले आज अत्तरिया बजारमा याली निकाल्दै गोदावरी नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका हुन ।
गोदावरी नगरक्षेत्रमा बिभिन्न बिधालयमा पढाउदै आएका अधिकान्स शिक्षकहरुले गत बर्षको चैत्र महिना अगाडीकै तलब नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको इस्टुमा गोदावरी नगर समितिका उपाध्यक्ष मिन मल्लले बताए । उनले बिगत १ बर्ष सम्मको तलब नपाउँदा शिक्षकहरु मारमा परेकाले सबैको तलब यथासिध्र उपलब्ध गराउनुपर्ने माग गरे ।
यस अघि असोज ११ गते गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको आफ्ना माग प्रति नगरपालिका पनि गम्भिर नबनेकाले बाध्या भएर नगरपालिकामा धर्ना दिनुपरेको धर्नामा सहभागि शिक्षकहरुले बताए ।
संस्थागत विद्यालयहरुले २०७६ चैत सम्म तलब तथा अन्य सबै भत्ताहरु नदिएकाले अबको ६ दिन भित्र अनिवार्य तलब भत्ता दिनुपर्ने, २०७७ असोजको चौथो साता सम्ममा २०७७ असार सम्मको खाईपाई आएको सम्पुर्ण तलब भत्ता अनिवार्य भुक्तानी गरिनुपर्ने, कार्तिकको पहिलो साता सम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडवाड खर्च अनिवार्य भुक्तानी गरिनुपर्ने तथा नसक्ने विद्यालयहरुको हकमा शिक्षक कर्मचारीहरुको सम्पुर्ण तलब रकम सरकारले बेहोरी शिक्षक कर्मचारीको उचित व्यवस्थापन गर्दै विद्यालय समायोजन एवम् एकिकरणमा लाग्नुपर्ने, निष्काशन गरिएका शिक्षक कर्मचारीहरुलाई तत्काल पुर्नवहाली गरी तलब भत्ता भुक्तानी गरिनुपर्ने इस्टुको माग रहेको छ ।
यसैबिच उनीहरुका समस्या समाधानका लािग २ दिन भित्रमा त्रिपक्षिय वार्ता गर्ने सहमति भएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, शिक्षा शाखा प्रमुख बसन्त खत्री र धनार्मा बसेका शिक्षकहरु बिच भएको अनौपचारीक छलफलमा २ दिन भित्रमा बार्ता गर्ने सहमति भएको हो । नगरपालिकाले बर्ता गर्नका लागि पहल गर्ने भएपछि आजको धर्ना स्थगित गरिएको उपाध्यक्ष मिन मल्लले जानकारी दिए ।