अत्तरिया - कैलालीको अत्तरिया बसपार्कमा निर्माण गरिएको ब्यबस्थित टिकट काउन्टर हस्तान्तरण नहुदा अलपत्र परेको छ । आज भन्दा झण्डै एक बर्ष पहिले लाखौ रकम खर्च गरि बस पार्कमा निर्माण गरिएको टिकट काउन्टर यातायत ब्यबसायी समितिहरुलाई हस्तान्तरण नगरिदाँ अलपत्र परेको हो ।
गोदावरी नगरपालिकाको ५६ लाखको लागत स्टमेटमा उपभोक्ता समिति मार्फत तयार भएकोे टिकट काउन्टर निर्माण गरिएका २ महिनामै भत्किएको थियो । उपभोक्ता समितिले गुणस्तरहिन सामग्री प्रयोग गरेका कारण टिकट काउन्टरको अगाडी भागमा गरिएको फर्स फुटेर जताततै खाल्डाखुल्डी परेको थियो ।
पछि नगरपालिकावाट अनुगमन गरि त्यसलाई फुटाएर फेरि फर्स गर्न लगाइएको थियो । फेरि थप लगानी लगाएर मर्मत सम्भार गरेको लामो समय सम्म पनि प्रयोगमा नआउदा अहिले पनि काउन्टार भित्र बाहिर जतातै फुट्न थालेको छ । प्रयोगबिहिन हुदा उक्त काउन्टर छाडापशुचौपाय र मोटसाईकल पार्किङ स्थल बनेको छ ।
नयाँ काउन्टर भित्रि भागको अबस्था
गोदावरी नगरपालिकाले यातयात ब्यवसायी र यात्रुहरुलाई टिकट काट्न सहज होस भन्ने उध्ेश्यका साथ ब्यवस्थित टिकट काउन्टर निर्माण गरेको भएपनि हस्तान्तरण नगरिदिदाँ अहिले यातायत समितिका कर्मचारी र यात्रुहरु दुवैले सास्ती खेपिरहेका छन् । खप्तड मालिका यातयात प्राली अत्तरियाका सह इन्चार्ज ईश्वर बढुवालले बनेको संरचना पनि लामो समयदेखी हस्तान्तरण नहुदा आफुहरुलाई निकै समस्या भैरहेको बताए ।
उनले स्थानिय सरकारका रुपमा रहेको गोदावरी नगरपालिकाले लाखौ रकम लगानी लगाएर बनाएको संरचनालाई जति सक्दो चाडो हस्तान्तरण गरेर यात्रु र आफुहरुलाई सहजता बनाउनुपर्ने बेला गैरजिम्मेवार रुपमा मुखदर्शक बनेको बताए । उनले समयमै नगरपालिकाले यातायत ब्यवासायीहरुलाई हस्तान्तरण गरेको भए अहिले काउन्टर बेवारिसे जस्तै अलपत्र नहुने बताए ।
'६ महिनादेखी ठप्प रहेका छोटो तथा लामो दुरीका सवारी साधनहरु पनि सुचारु भैसकेका छन , कोरोनाको महामारी बढिरहेको छ , यो बेला यही पछाडीको ब्यबस्थित टिकट काउन्टरलाई हेर्दै यही छाप्रोवाट टिकट काटिरहनुपर्ने बाध्याता रहेको छ' उनले भने - 'काउन्टर हस्तान्तण गरेको भए यात्रु र हामी कर्मचारी पनि सुरक्षित तरिकाले टिकट लिनेदिने गर्दथ्यौ ।'
काउन्टर वरिपरि जताततै जालै जालोले भरियो
उनले पटक पटक आफ्नो समाजिक संजनाल फेसबुकमा अलपत्र अबस्थामा रहेको टिकट काउन्टरको फोटो राख्दै स्थानिय सरकारको ध्यानाकर्षण गराइरहेका थिए । टिकट काउन्टर हस्तान्तरण गर्ने बेलामा यातायत ब्यावसायीहरु बिचनै कुरा नमिल्दा समस्या उत्पन्न भएको बताइएको छ । बस पार्कमा अहिले पूर्व तथा पहाडी जिल्लाहरुमा जाने बसका छुटछुटै २७÷२८ ओटा टिकट काउन्टरहरु रहेपनि नयाँमा १२ ओटा मात्रै काउन्टर हुदा समस्या भएको हो ।
नगरपालिकाले काउन्टर हस्तान्तरण गर्ने बेलामा यातायत समितीबिच नै कुरा नमिल्दा सबैले दुख पाइरहेको कर्णाली यातायतका कर्मचारी बिक्रम बिष्टले बताए । उनले नयाँ काउन्टर हस्तान्तरण भएपछि निकै यात्रु र आफुहरुलाई निकै सहज हुने भएकाले चाडो हस्तान्तरण गरिनुपर्ने बताए ।.jpg)
हाल संचालनमा रहेका टिकट काउन्टरका खोकाहरु
उता गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले नयाँ टिकट काउन्टर अब चाडै हस्तान्तरण गर्ने बिषयमा छलफल भैरहेको बताए । उनले निर्माण सम्पन्न भएको केही दिनपछि यातायत समितिहरुलाई हस्तान्तरण गरेर संचालनमा ल्याउने तयारी गरेका बेला कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि हस्तान्तरण गर्न नसकिएको बताए ।
लकडाउन खुलेसंगै यही असोज १ गतेदेखी लामो तथा छोटो दुरीका सवारी साधनहरु सबै संचालनमा आइसकेकोले सबै यातायत ब्यबसायीहरु बिच सल्लाह गरेर यसै महिना हस्तान्तरण गरि प्रयोगमा ल्याउने प्रबक्ता भट्टले बताए ।