बैतडी - कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका २ स्थानीय तहहरुलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।
मेलौली नगरपालिकाका गाडीका चालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसंगै असोज १३ देखि असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो ।
मेलौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्टाक्ट टे«सिङ गरि स्वाब संकलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको हो ।
यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एकजनाको कोरोनाका कारण मृत्यु भएको र ८ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको पुर्चौडी नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुुभयो ।
सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेका दुुबै स्थानीय तहहरुले जनाएका छन्। नगरक्षेत्रहरु सिल गरिएकाले सबै विद्यालय, वित्तिय संस्था, सरकारी कार्यालयहरु बन्द रहेका छन् ।
यस्तै सबै प्रकारका व्यापार,व्यवशाय र यातायात सेवा पनि बन्द रहेका जनाईएको छ । यसका साथै आवत जावतमा पनि पुर्ण रुपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा पनि आउन जान पनि रोक लगाइएको छ ।
मेलौलीमा हालसम्म ३६ जनामा संक्रमण पुष्टि भएकोमा २ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । पुर्चौडी नगरपालिकामा हालसम्म २० जनामा कोरोना पुष्टि हुँदा ८ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।