अत्तरिया - नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ ले ‘म बन्छु जिम्मेवार, कर्तव्य संगै अधिकार’ अभियानको सुरुवात गरेको छ । नेविसंघले विश्वभर महामारिका रुपमा फैलिरहेको कोरोना महामारीबाट बच्नका लागि जनस्तरमा सचेतना जगाउने उद्देश्यका साथ अभियानको सुरुवात गरिएको हो ।
अभियानको बुधबार एक कार्यक्रममा बिच नेपाली कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह मनुले उद्धघाटन गरेका छन । कार्यक्रममा बोल्दै सभापति शाहले सकारात्मक सोचका साथ थालनी गरेको युवाहरुको अभियानको साथमा आफू सधै रहने बताए । उनले कोरोना महामारिका बिच अभियान संचालन गर्न निकै गाह्रोे भएपनि अभियान संचालन गर्न सके ठुलो उपलब्धि हुने बताए ।
कार्यक्रममा सहभागि युवाहरुले क्रियाशिल सदस्यहरुमा ५० प्रतिशत युवाहरुलाई समेट्नुपर्ने माग गरेका थिए । नेपाल विद्यार्थी संघ एउटा नर्सरीका बिरुवा जस्तै रहेकाले यसलाई मलजलको आवश्यकता रहेको विद्यार्थी नेताहरुले बताएका थिए । यसका लागि पार्टीको भूमिका महत्वपूर्ण हुने बिधार्थी नेता जगत महराले बताए ।
कार्यक्रममा महासमिति सदस्य पदम राज भट्ट, कांग्रेस कैलालीका क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति दिनेश राज जोशी, नेपाली कांग्रेस गोदावरी नगर कमिटि सचिव तेज खड्का, नेपाल तरुण दल गोदावरी नगर कमिटि संयोजक शंकर खड्का, बिद्यार्थि नेताद्धय देवराज ओझा र जगत राम महरा लगायतले मन्त्यव्य राखेका थिए ।सो अभियान अन्तरर्गत वडा स्तरिय पाठ्य सामाग्री वितरण, प्राथमिक तहका लागि टोल स्तरिय शिक्षक व्यवस्थापन कार्यक्रम, वडा स्तरिय युवा वहस, भष्टाचार विरुद्ध सुचनाको हक कार्यक्रम, भर्चुअल बिधि मार्फत शारिरीक, मानसिक र स्वास्थ्य सम्बन्धि उत्पे्ररणात्मक बैठक आयोजना गरिने ने.वि संघ क्षेत्र नं ४ का सभापति गणेश शाहले बताए ।
यसैगरि अभियान अन्तरगत भर्चुअल बिधि मार्फत लोकतान्त्रीक सामाजबाद बिषयक युवा प्रशिक्षण, राष्ट्रिय नेतृत्व संगको भर्चुअल बैठक, राहत वितरण कार्यक्रम, स्मारिक प्रकाशन लगायतका कार्यक्रम गरिने उनले बताए ।
क्षेत्रीय सभापति शाहको सभापतित्वमा सम्पन्न उद्धघाटन कार्यक्रममा काग्रेस जिल्ला सभापति शाह , बिशिस्ट अथिति पुर्व राष्ट्रिसभा सदस्य हिरादत्त भट्ट, अथितिमा जिल्ला सदस्यद्वय वसन्त रोकाय ललित, शेर बहादुर देउवा, क्षेत्र नम्बर ४ ‘ख’ का सभापती खेम साउँद, गोदावरी नगर सभापति हेम प्रकाश उप्रेती, अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटा, जिल्ला सल्लाहकार सदस्यहरु, गोदावरी नगरपालिकाका वडाका सभापतिहरु लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक पदमराज ओझाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बिद्यार्थि नेता डण्डीराज जोशीले गरेका थिए ।