अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न चार वटा प्रयोगशाला मार्फत ४ सय ५५ जनाको स्वाब परिक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती अस्पतालको प्रयोगशालामा गएको २४ घण्टामा दुई सय ६१ जनाको कोरोना परीक्षण भएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा कैलालीको गोदावरी नगरपालिकाका २ जना , धनगढी उप–महानगरपालिकाका १३ जना , लम्कीचुहा नगरपालिकाका ३ जना, जानकी र मोहन्याल गाउँपालिकाका १÷१ जना रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका दुई जना, बेलौरी, कृष्ण, शुक्लाफाँटा नगरपालि र डोटीको केआईसिंह गाउँपालिकाका एक र एक जनामा संक्रमण पुष्टि भएको उनले बताए । दुई जनाको ठेगाना नखुलेका सूचना अधिकारी श्रेष्ठले बताए ।
यसैगरि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको छ । उनी अजयमेरुका रहेको अस्पतालले जनाएको छ ।
यसैगरि डोटी अस्पतालको प्रयोगशालामा ७० जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने बझाङ जिल्लाको अस्पतालको प्रयोगशालामा आज कोरोना परीक्षण हुन सकेको छैन् ।
यो संगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या ७ हजार तीन ३४ पुगेको छ भने निको हुनेको संख्या ६ हजार एक सय बढि पुगेको छ । हाल सम्म २१ जनाको मृत्यु भएको छ ।