अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पताल धनगढी , डोटी अस्पताल र बझाङ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशीक अस्पताको प्रयोगशालामा गरिएको २ सय ३३ जनाको परीक्षणमा कैलालीका २६ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
आज संक्रमण हुने हरुमा कैलालीको धनगढीका वडा नम्वर १ का ५ जना, वडा नम्वर २ का १ जना, वडा नम्वर ३ का २ जना, वडा नम्वर ४ का १ जना र वडा नम्वर ६ का ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै घोडाघोडी नगरपालिकाका २ जना, जोशीपुर नगरपालिका ६ जनामा पनि कोरोना देखिएको हो ।यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना र शुक्लाफाँटाका १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आज भएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टी भएको छ ।कुल ८३ जनाको स्वाब परिक्षण गरिएकोमा १३ जनामा कोरोना देखीएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टी हुनेमा सबै अछामकै रहेका छन । अछामको रमारोसन गाउँपालिकाका ७ पुरुष ४ महिला र मंगलसेन गाँउपालीकाका २ जना महिला रहेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा आज भएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रयोगशालामा दुई सय ५३ जनाको कोरोना परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका पाँच जना, बुगल नगरपालिकाका दुई जना, मष्टा गाउँपालिकाका चार जना, दुर्गाथली गाउँपालिकाका तीन जना र केदारस्यू गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो।