अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज थप ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पताल धनगढी , डोटी अस्पताल र बझाङ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशीक अस्पताको प्रयोगशालामा गरिएको ४ सय ४ जनाको परीक्षणमा कैलालीका ४७ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
आज संक्रमण पुष्टि हुनेमा धनगढी १, ५ र ८ नम्बर वडाका १र१ जना, धनगढी–२ का ४ जना, वडा नम्बर ३ का तीन र ठेगाना नखुलेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गोदावरी नगरपालिकाका १३ पुरुष, टिकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरि जिल्ला अस्पताल डोटीमा ६५ जनाको परीक्षण गर्दा बोगटान फुडसिल गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज सौरभ श्रेष्ठले बताए ।
यस्तै बझाङ जिल्ला अस्पतालमा ५९ जनाको स्वाब परीक्षण गरिएकोमा एकजना प्रहरीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए। उनका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत एकजना प्रहरी छन् ।
यसैगरी खप्तड छान्ना गाउँपालिकाका दुई महिला, तल्कोट गाउँपालिकाका एक पुरुष, मष्टा गाउँपालिकाका १५ पुरुष र पाँच महिलामा समेत आइतबार कोरोना संक्रमण पुष्टि भएको सम्पर्क व्यक्ति जोशीले बताए । यो संगै यस प्रदेशमा कुल संक्रमितको संख्या ७ हजार तिन सय बढी पुगेको छ । संक्रमण पुष्टि भएका पाँच हजार नौँ सयले कोरोना जितेका छन् भने २० जनाको मृत्यु भैसकेको छ ।