अत्तरिया - सुदूरपश्चिम आज थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न पाँच वटा प्रयोगशालामा ४ सय ५० जनाको कोरोना परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशीक अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ६८ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका ५४, कञ्चनपुका १३ र अछामका एक जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १ का ११ जना, वडा नम्वर २ का ६ जना, वडा नम्वर ३ का चार जना र वडा नम्वर ४ का तीन जनामा संक्रमण पुष्टि भएको छ। यस्तै वडा नम्वर ५ का एक जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर ७ का एक जना, वडा नम्वर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी कैलालीकै गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिका वडा नम्वर ४ का चारजना, बर्दगोरीयाका पाँचजना र घोडाघोडीका दुईजनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। सेतीकै परीक्षणमा कञ्चनपुरको महाकाली नगरपालिकाका दुईजना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटाका एक जना, बेलौरीका चारजना, बेल्डाँडीका तीनजना, मंगलसेन अछामका एकजनामा संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डोटीका १५ र अछामका १३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए। यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ।
चारजनाको परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालमा भने १४ जनाको मात्रै कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने बझाङ अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक जनाको पनि परीक्षण नभएको अस्पतालले जनाएको छ।