धनगढी– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बितेको २४ घण्टामा २ सय ९८ जनाको कोरोना परीक्षण गरिएकोमा १६ महिला ५२ पुरुष गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरुमा कैलालीका ५४, कञ्चनपुका १३ र अछामका एक जना रहेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । कैलालीको धनगढीका वडा नम्वर १ का ११ जना, वडा नम्वर २ का ६ जना, वडा नम्वर ३ का चार जना र वडा नम्वर ४ का तीन जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै वडा नम्वर ५ का एक जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर ७ का एक जना, वडा नम्वर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको हो। योसंगै धनगढीमा संक्रमितको संख्या ५ सय ७२ पुगेको छ।
यस्तै गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिका वडा नम्वर ४ का चार जना, बर्दगोरीयाका ५ जना र घोडाघोडीका दुई जनामा पनि कोरोना देखिएको हो ।
कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटाका एक जना, बेलौरीका चार जना, बेल्डाँडीका तीन जना, मंगलसेन अछामका एक जनामा संक्रमण पुष्टि भएको छ।