कन्चनपुर -शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बाट प्रहरीले बिहीबार राति जुवा खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ मा रहेको डबल बहादुर ऐरको खाजा घरभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले २ लाख ४४ हजार १ सय ८० रुपैया नगदसहित १९ जनालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार शुक्लाफाँटा नगरपालिका एकेन्द्र सुनार, गगन बहादुर ऐर,वालकृष्ण राना, जय बहादुर ऐर, शुवर्ण विष्ट, हरिष जोशी विक्रम भण्डारी, विनोद विष्ट, ज्ञानु ऐर मिन बहादुर ठकुल्ला रहेका छन ।
यस्तै गोदावरी नगरपालिकाका प्रकाश वोहरा, घनश्याम खत्री, गोविन्द पाण्डेय,नरेश रोकाया, सुरज वुढा, मिन गुरुङ्ग र विक्रम सिंह रहेका छन । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिकाका खकेन्द्र वोहरा र विष्णु भट्ट् रहेको गरिएको जिल्ला प्रहरीका प्रवक्ता थापाले जानकारी दिए ।पक्राउ परेकाको साथबाट २ लाख ४४ हजार १ सय ८० रुपैयाँ पनि बरामद भएको जानकारी थापाले दिए ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ ।