अत्तरिया - सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरियावाट करिब १५ किलोमिटरको दुरीमा एउटा ठुलो गाँउ छ । कैलालीको पुरानो बस्तीका रुपमा रहेको सो गाँउ ओलानीका नामले परिचित छ । पुर्व गोदावरी गाविस रहेको उक्त गाउँ अहिले गोदावरी नगरपालिकामा जोडिएपछि वडा नं ११ र १२ गरी दुई वडामा बिभाजन भएको छ ।
गोदावरी नगरपालिकाको वडा नं १२ मा पर्ने कोल्मुडा भन्ने ठाउ प्राकृतिक सौर्दयताले निकै भरिपुर्ण छ । ओलानीको मुख्य बजार गौडीवाट अझै पर करिब ५÷६ किलोमिटरको दुरीमा मछेली खोला आउँछ । जुन खोलाको पानी त्याँहाका स्थानियहरुले पिउन र गाइबस्तुलाई खुवाउन प्रयोग गर्ने गर्दछन् । मछेली खोला भन्दा केहि पर बड्डी मछेली भन्ने ठाउ छ । प्रकृतिक सौर्दयताले भरिपुर्ण त्यस ठाउको चारै तिर हरियाली डाडाँकाडा , पुराना मठमन्दिरहरु , लामा झोलुङ्गे पुल , ठुला ठुला तालहरु त्यो देख्दा कसको मन लोभिदैन होला ।
अहिले गर्मीको मौसम छ तराई क्षेत्रमा दिनप्रतिदिन गर्मी बढ्दै गइरहेको छ । यहि गर्मी छल्नका लागि त्यहाँ रहेको गहिरा तालमा नुहाउन जानेहरुको संख्या बढ्दै गएको छ । तर त्याँहा सम्म पुग्नका लागि निकै समस्या हुने गरेको त्यहा पुगेर फर्किएका आन्तरिक पर्यटकहरु बताउँदछन् । मछेली अथाह सम्भावना बोकेको क्षेत्र भएपनि यस तर्फ कसैको ध्यान जान नसक्दा बर्षौदेखी त्यो क्षेत्र आझेलमा रहेको स्थानिय महिला जयन्ती अधिकारीले बताइन् ।
उनले उचित संरक्षण , सम्बद्र्धन र प्रचार प्रसार नहुदा पनि जेठ बैखाशको महिनामा नुहाउनका लागि र तिहार पछि पिकनिक खानका लागि दैनिक ५० जना भन्दा बढि मानिसहरु बिभिन्न ठाउवाट त्याँहा पुग्ने गरेको बताइन् । ‘अहिले त यस्तो छ तर पनि यँहा धेरै मानिसहरु आउछन् , कोहि पिकनिक खान , कोहि फोटो खिच्न , कोहि नुहाउन उनले भनिन् – ‘अझै याहाँ त केहि नेपाली फिल्महरु पनि सुटिङ् भएका छन् । तर के गर्नु यसको महत्व कसैले बुझेका छैनन् ।’मछेली क्षेत्र देख्दा स्वर्ग रहेको बताउदै अर्का स्थानिय शारदा कार्कीले यसको उचित संरक्षण र सम्बद्र्धन भएमा सुदुरपश्चिम प्रदेशका मात्रै नभएर देश र बिदेशका पर्यटकहरुलाई पनि भित्रयाउन सकिने बताइन् । पर्यटकहरुका लागि घुम्न रमाउन प्रकृतिक सौदर्यताको धनी त्यस क्षेत्रमा अहिले गर्मी छल्नका लागि र फोटो खिच्न जानेहरुको भिड देखिन्छ ।
मछेली खोलाको नदीपारी त्यहाको पुरानो मन्दिर ग्वासी समैजी मन्दिर , शिव मन्दिर , लामा भोलुंगे पुलहरु रहेका बताउदै त्याहा सम्म पुग्नका लागि बाटो नपाएपछि कतिपय पर्यटकहरु बिच बाटो बाटै फोटो खिचेर फर्किने गरेको उनले सुनाइन् । ‘यहाँको मुख्य समस्या भनेको अहिले बाटोघाटोको छ आउन त धेरै ठाँउवाट मानिसहरु यहाँ आउछन् तर के गर्नु यस्तो उकालो बाटो छ तपाईहरुले पनि देख्नुभयो होला , कतिबेला के दुर्घटना हुन्छ कसैलाई पत्तो हुदैन् ’ उनले भनिन् – ‘अहिले त स्थानिय सरकार पनि छ प्रदेश सरकार पनि छ खै कसैको ध्यान नगएको हो कि मतलब नगरेका हुन् ।अथाह सम्भावना बोकेका यो क्षेत्र बर्षौदेखी ओझेलमा छ ।’ यदि त्यस क्षेत्रको उचित संरक्षण र सम्बद्र्धन गर्न सकेमा गोदावरी ११ र १२ वडामा रहेको गरिबी पनि केहि हद सम्म कम हुने ओलानीबासी बताउदछन् । नदी कटान , बाटोघाटो र पानीको समस्या समाधान गरेर केहि संरचनाहरु बनाउन सकेमा त्यो क्षेत्र एक सुन्दर धार्मीक एबम् पर्यटकिए क्षेत्र बन्ने उनिहरुको भनाई छ । हाम्रो आफ्नै गाँउ ठाँउमा भएका यति धेरै सम्भावनाका खानीको खोजीनिति नहुनु र संरक्षणमा कसैको ध्यान नजादा यस्ता धेरै क्षेत्रहरु हराउदै जान थालेका छन् । यस तर्फ न त जनप्रतिनिधिहरुको ध्यान जान सकेको छ , न त कुनै पर्यटन क्षेत्रमा काम गर्ने संघसस्थाहरुको । स्थानिय युवा खगेन्द्र भण्डारीले मछेलीलाई एक पिकनिक स्पोटका रुपमा अगाडी बढाउन सके धेरै आम्दानी लिन सकिने बताए ।
ओलानीको गौडी बजारमा सानोतिनो ब्यापार गर्दै आएका उनले तिहार पछिको समयमा लगातार फागुन महिना सम्म मछेली भन्दा माथि बड्डी मछेलीमा सयौको संख्यामा त्यहा पिकनिक खान जानेको भिड लाग्ने हुदा त्यसलाई एक ब्यबस्थित पिकनिक स्पोट बनाउन सके धेरैले रोजगारीको अबसर पाउने र मनग्य आम्दानी गर्न सकिने बताए । यसका लागि स्थानिय र प्रदेश सरकारले थोरै भएपनि बजेट छ्ट्याएर यसको संरक्षण तर्फ ध्यान दिनुपर्ने आलानीबासीको माग छ ।