अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा आज एकै दिन १२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा ७ महिने एक बालक ,६६, ३४, १४, ९, २६,३८, ३८, ३४, ३० ,३२ बर्षिय पुरुष र ३० बर्षिय एक महिला गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकाहरुमा वडा नं १ का एकै परिवारका ६ जना सहित ९ जना रहेका छन् भने २ जना वडा नं २ का र १ जना वडा नं १० का रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।
आज संक्रमण पुष्टि भएकाहरु सबै स्थानियहरु नै रहेको खुलेको छ । उनीहरु कसैको पनि बाह्य ट्राभल हिस्ट्री नरहेको नगरपालिकाले बताएको छ । यस अघि भारतवाट आएर क्वारेन्टाइनमा बसेका र होम क्वारेन्टाइनमा बसेकाहरुमा मात्रै पोजेटिभ रिपोर्ट आइरहेकोमा अहिले भने धमाधम बाहिर कतै नगएका स्थानियहरुमा संक्रमण देखिन थालेको छ ।
यसरी हेर्ने हो भने समुदाय स्तरमै संक्रमण फैलिसकेको देखिएको छ । गोदावरीमा आज १२ जना नयाँ संक्रमितहरु थपिएसंगै कुल सं्रकमितको संख्या ४ सय ९६ जना पुगेको छ ।
यसैबिच नगरपालिकामा भित्र कोेरोना संक्रमणवाट मुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । नगरपालिका भित्र जम्मा ४ सय ९६ जनामा कोरोना पुष्टि हुदाँ ४ सय ४६ जना कोरोना संक्रमणवाट मुक्त भएका हुन् । नगरपालिका भित्र अब ५० जना मात्रै संक्रिय संक्रमितहरु रहेका नगरपालिकाले जनाएको छ । अहिले संक्रिय संक्रमितहरु रहेका ५० जना सबै घरमै होम आईसोलेसनमा रहेको उनले बताए ।