धनगढी -नेशनल प्याथ ल्याब धनगढीले डेढ लाख विरामीलाई सेवा दिएको छ । वुटवलमा मुख्य कार्यालय रहेको ल्यावको धनगढी शाखा स्थापना भएको ४ बर्षमा सुदुरपश्चिमका डेढ लाख मानिसहरुलाई विभिन्न प्रयोगशाला सम्बन्धी सेवाहरु दिएको ल्यावका धनगढी प्रमुख हरिसिंह धामीले जानकारी दिए । नेशनल प्याथ ल्याब स्थापना हुनु अघि विभिन्न जाँचका लागि अन्यत्र जानुपर्ने अवस्था रहेकोमा अहिले त्यो अवस्थाको अन्त्य भएको धामीले दावी गरे ।
नेशनल प्याथ ल्याबको बुटवलमा मुख्य कार्यालय रहेको छ । मुख्य कार्यालय ए वर्गको प्रयोगशालामा सुचिकृत भएको छ । स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३ बमोजिम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्याथ ल्याब ए वर्गमा सुचिकृत गरेको हो ।२०७० सालमा बुटवलदेखि गुणस्तरीय प्रयोगशाला सेवा दिने उद्देश्यका साथ संचालन गरिएको नेशनल प्याथ ल्याबले हालसम्म धनगढी वाहेक पश्चिम नेपालका विभिन्न क्षेत्रहरु भैरहवा, गुल्मी, अर्धाखाँची र दाङबाट पनि अत्याधुनिक प्रयोगशालाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।
साथै यस ल्याबले समय समयमा विपन्न तथा गरिबहरुको लागि निःशुल्क र सहुलियत परिक्षण एवम्को व्यवस्था पनि गदै आईरहेको छ । ल्याबले हाल धनगढीबाट थाईराईड तथा विभिन्न हर्मोनहरुको जाँच, क्यान्सर मार्कर तथा सम्पुर्ण भिटामिनहरुको जाँच, सुगर तथा एचबीएवानसी अर्थात तीन महिनाको औसत सुगरको मात्रा जाँच, उच्च स्तरीय प्रविधिबाट कल्चर तथा सेस्सिटिभी गरिनुका साथै दुध तथा पानीको शुद्धताको जाँच, विभिन्न भाईरल, ब्याक्टेरियल, पारासाईटिक ईन्फेक्सनहरुको अत्याधुनिक प्रविधिबाट जाँच, सिकलसेल एनिमिया परिक्षणका लागि हेमोग्लोविन ईलेक्ट्रोफोरोसिस र सिकलिंक जाँच, एफडिए तथा डब्लुएचओद्धारा प्रमाणित उपकरणहरु तथा रसायनहरुको प्रयोगबाट जाँच गर्ने सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी निसन्तान सम्पतिहरुका लागि आईयुआईको व्यवस्था, पाठेघर तथा अन्य वायोस्पीहरुको जाँच लगायत ६ सयभन्दा वढी परिक्षण सेवा रहेको धनगढी प्रमुख धामीले बताए । घरमै नमुना संकलनको पनि सेवा दिईरहेको उनको भनाई छ । ल्याबमा हेमाटोलोजी, बायोकेमिस्ट्री, इन्डोक्राईनोलोजी, हिस्टोप्याथोलोजी, ईम्युनोलाजी, क्लिनिकल प्याथोलोजी र मोलिकुलर विभाग रहेका छन् । ती विभागहरुबाट अत्याधुनिक र सुविधा सहितको प्रयोगशालाले सेवा प्रदान गरिरहेको छ ।