धनगढी -सुदूरपश्चिमका थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परिक्षणमा २९ पुरुष २ महिला गरी ३१ जना र डदेल्धुरा प्रयोगशालामा ५६ जना गरी ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डोटी प्रयोगशाला को परिक्षणमा शिखर नगरपालिका का २ जना ,के आई सिंह ४ का २ जना , अछामको बान्निगडका ३ जना र सोही जिल्लाको रामारोशनका ४ जनामा कोरोना देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । उनका अनुसार त्यँहाको प्रयोगशालामा आज ७७ स्वाब नमुना परिक्षण गरिएको छ ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय ३५ स्वाब परिक्षणमा ५६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला इन्चार्ज ईस्वरी प्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ जना ,बैतडीको पुचौंडी नगरपालिका १ जना,मेलौली नगरपालिका का २ जना , शिगास नगरपालिकाका ८ जना गरी ११ जना,अछामको पन्चदेवल बिनायक नगरपालिकाका ५ जना रहेका छन ।
त्यस्तै बझाङको बिथ्थड गाउँपालिकाका २ जना , सोही जिल्लाको बुङल नगरपालिका का १४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना, केदारस्युँ गाउँपालिकाका १६ जना,थलारा गाउँपालिकाका ४ जना गरी ३८ जनामा कोरोना देखिएको हो ।
र यो पनि :
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय ३५ स्वाब परिक्षणमा ५६ जनाको रिपोर्ट पोजेटिभ
बझाङमा आज एकै दिन ३८ जना कोरोना संक्रमित थपिए