अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको बिकट वडाका रुपमा रहेको वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्काले आफुले सिफारिस गर्ने बाहेक कुनै पनि अधिकार नपाएको बताएका छन् । गोदावरी एफ एमको कार्यक्रम जनतासंग नगरपालिकामा बोल्दै उनले आफुले चुनावका बेला वडा बासीलाई थुप्रै प्रतिबद्धताहरु जनाएपनि अहिले भने सिफारिस बाहेक कुनै अधिकार नपाउदा काम गर्न समस्या भैरहेको बताए ।
सिंह दरबारको अधिकार गाँउ गाँउमा आउछ भनेको सुन्दा निकै उत्साहित भएर वडाका जनताहरुले आफुहरुलाई चुनेर पठाएको भएपनि अहिले वडावाट सिफारिस बाहेक वडाबासीका लागि कुनै पनि काम गर्न नसकिरहेका उनले दुखेसो पाखे । ‘हामी वडाका प्रतिनिधहरु भएर आयौ , वडाबासीले हामीलाई काम गर्नुस भनेर जिताए तर के गर्नु यता नगरपालिकाले हामीलाई सिफरिस बाहेक कुनै अधिकार दिएको छैन ’उनले भने – ‘अनि हामीले कसरी काम गर्नु , वडाबासीले थुप्रै आशा राखेका छन् तर ति आशाहरु हामीले नगरपालिकामा पुञ्याउने ल्याउने मात्रै काम गरिहेका छौ । ’ देश संघियतामा गएपनि संघले प्रदेशलाई ,प्रदेशले स्थानिय तहलाई र स्थानिय तहले वडालाई कुनै अधिकार नै दिन नचाहेको उनको भनाई छ ।
आफ्ना अधिकार अन्यलाई दिए आफु कमजोर भइन्छ कि भन्ने सोचले गर्दालाई यो समस्या आइरहेको उनले बताए । उनले सम्पुर्ण वडाको बिकास भए मात्रै समर्ग नगरपालिकाको विकास हुने र नगरबासीहरु सुखी हुने बताए । यसका लागि नगरपालिकाले वडाका जनप्रतिनिधिहरुलाई खाली सिफारिस मात्रै नभएर अन्य केहि जिम्मेवारी पनि दिन जरुरी रहेकामा उनले जोड दिए ।
वडाबासीले नगरपालिकाका जनप्रतिनिधिहरु भन्दा पहिला हामी वडा अध्यक्षहरुवाट ठुलो आशा बोकेका हुन्छन् , हामीले पनि यो गर्छौ त्यो गर्छौ भनेर आश्वासन दिएका छौ उनले भने -तर के गर्नु , काम गर्ने कुनै अधिकार छैन् , कनै रेडियो , पत्रपत्रिकामा बिज्ञापन गर्नुपञ्यो भने त्यो पैसा आफ्नै खल्तीवाट दिनुपर्ने अबस्था छ , कसै वडाबासीलाई आर्थिक सहयोग गर्नुपञ्र्यो आफैले दिनुपर्छ , अहिले सम्म वडाको आफ्नो बैङ्क खाता छैन् , एक रुपैया चलाउने सम्मको अधिकार हामीलाई छैन अनि कसरी हुन्छ नगरको विकास , वडाको विकास । जनप्रतिनिधि भएर आएको २ बर्ष सम्म आफु र आफ्नो टिमले वडाका लागि सक्ने सबै कामहरु गरेको र अझैपनि गरिरहने उनले बताए ।
उनले आफ्नो वडामा चालु आर्थिक बर्ष २०७५÷०७६ मा एक करोड बजेट दिएको नगरपालिकाले आगामी आर्थिक बर्ष ०७६÷०७७ का लागि ३४ लाख रुपैयाको सिलिङ् पठाएको बताए । ‘यो कस्तो अचम्म हो गत बर्ष १ करोडको काम भएको वडामा अहिले यो ३४ लाखको सिलिङ् पठाएर के गर्न खोजेको हो नगरपालिकाले’ उनले भने । सुखी नेपाली , सम्बृद्ध नेपालको नारा लगाइरहेको सरकारले प्रत्येक बर्ष घटाएर दिने बजेटले सय बर्ष सम्म पनि नेपालीहरु सुखी र सम्बद्ध हुन नसक्ने भन्दै उनले टिप्पोणी गरे ।
उनले नगरपालिकाले अहिले प्रत्येक वडाका ३ किलोमिटर सम्म बाटो कालोपत्रे गर्ने योजना अघि सारेको भएपनि आफ्नो वडाका जनताले बिरामी हुदा सामान्य सिटामोल समेत नपाएर अकालमै ज्यान गुमाउनपर्ने बाध्यता रहेको दुखेसो पोखे । वडा नं १२ अन्य वडा भन्दा धेरै बिकट रहेको छ । पाहड र तराईलाई जोडेको त्यस वडाका स्थानियहरुलाई वडा कार्यालय सम्म पुग्न पुरा एक दिन लाग्ने गर्दछ । आफ्नो वडामा रहेका बाटाघाटाहरु ग्रभिल समेत नभएको अबस्थामा नगरपालिकाले पिचको कुरा गरिरहदा पहिला बाटो पिच गर्ने कि बाटोघाटो नभएको ठाउसम्म बाटो पुञ्याउने र ग्राभिल गर्ने भन्दै उनले प्रश्न गरे ।
उनले आफ्नो वडाको बिकट गाँउ चाप र सल्लीका बालबालिकालाई पढ्ने इच्चा हुदा हुदै पनि कक्षा ५ सम्मका मात्रै बिधालय हुदा बिचमै बिधालय छोड्न बाध्य रहेको बताए । यस्तै बाटो घाटो शिक्षा स्वास्थ्य र सवारी साधनहरु नहुदा निकै कठिनाइ भोगिरहेका त्यस तर्फ प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए । उनले समर्ग नगरको विकासका लागि हरेक बडाको विकास निर्माणको जिम्मा नगरपालिकाले वडालाई दिनुपर्नेमा जोड दिए । नभए आफ्नो ५ बर्षे कार्यकाल जनतालाई आश्वासन दिनमा र सिफारिस मै जाने उनको भनाई छ ।