अत्तरिया - अत्तरिया सुदूरपश्चिमका ८८ ओटा स्थानिय तहमध्ये अहिले सम्म सबै भन्दा बढी कोरोना संक्रमित गोदावरी नगरपालिकामै फेला परेका छन् । प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको कैलाली जिल्ला र त्यसमा पनि गोदावरी नगरपालिकामा अहिले सबै भन्दा बढी ४ सय ५८ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यस्तै मृतकको संख्या गोदावरी नगरपालिकामै बढी नै रहेको छ । गोदावरी नगरपालिकामा मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । सुदूरपश्चिमका केही पहाडी जिल्लाभरीमा भन्दा गोदावरी नगरपालिकाको एकै स्थानिय तहमा बढी संक्रमितहरु फेला परेका छन् । गोदावरी नगरपालिकामा यस अघि भारत तथा तेस्रो मुलुकवाट आएकाहरुमा मात्रै कोरोना देखिन थालेपनि अहिले भने कुनै ट्राभल हिस्ट्रि नभएका कर्मचारीमा समेत संक्रमण देखिन थालेको छ ।
यसको हिसाबले गोदावरी नगरपालिकामा पनि समुदाय स्तरमा कोरोना पसेको देखिएको छ । बुधवार मात्रै अत्तरियाको ग्लोबल आइएमई बैंकमा कार्यरत ३ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परिक्षणमा आज संक्रमण पुष्टि भएका १२ जना मध्ये ३ जना अत्तरियामा कार्यरत बैंकका कर्मचारीहरु रहेको गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
३६ बर्षिय महिला , २६ र ३३ बर्षिय पुरुष गरि ३ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनीहरु मध्ये एक जना वडा नं १ का , एक जना धनगढीका र एक जना कञ्चनपुर घर भएकाहरु रहेको प्रबक्ता भट्टले बताए । अहिले तिनै जना होम आइसोलेसनमा रहेका छन् । बैंकका कर्मचारीसंगै हिजै एकै परिवारका ५ जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ७ पुरुष र ५ महिला गरि १२ जनामा कोरोना पुष्टि भएको गोदावरी नगरपालिकाले जनाएको छ । ५२,१४,१५,१८,१७,२६ र ३३ बर्षिय पुरुष र ४०,११,८,१२ र ३६ बर्षिय महिलामा संक्रमण पुष्टि भएको प्रबक्ता भट्टले जानकारी दिए । उनीहरु मध्ये ९ जना गोदावरी १ का रहेका र उनीहरु सबै भारतवाट आएका हुने ।
अहिले सबै होम आइसोलेसनमा रहेको प्रबक्ता भट्टले बताए । यो संगै गोदावरी नगरपालिकामा कुल कोरोना संक्रमितको संख्या ४ सय ५८ पुगेको छ । जस मध्ये अहिले सम्म ४ सय १० जना निको भएर डिस्चार्ज भैसकेका छन् भने बाकिँ बिभिन्न अस्पताल तथा आईसोलेसनमा रहेका छन् । अहिले १ जना संक्रमितको मालाखेती अस्पतालमा उपचार भैरहेको छ भने ओलानी क्षेत्रका संक्रमितहरु बिधालयको क्वारेन्टाइनमा र बाकिँ होम आईसोलेसनमा रहेका गोदावरी नगरपालिकाले जनाएको छ ।
जति जति संक्रमितहरु बढ्दै गयो त्यतिनै अहिले स्थानियहरुमा डर र त्रास हराउदै गएको छ । जिल्ला प्रशासन कार्यालय कैलालले यही भदौ १४ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको भएपनि साझाँ बिहान अत्तरिया बजारमा मानिसहरुको भिड हुनुका साथै गाउँघर तिर पनि अहिले सबैले बेवास्ता गरिरहेको देखिन्छ । अधिकंशले अहिले मास्क पनि लगाउन छोडिसकेका छन् । मानिसहरुले अहिले कोरोनाको बेवास्था गर्न थालेका अर्झै भयावह स्थित आउन सक्ने देखिएको छ ।
यस तर्फ नगरपालिका पनि गम्भिर भएर लाग्न सकेको छैन । यसरी दिनप्रतिदिन कोरोना संक्रमितहरु थपिदै गएको भएपनि नगरपालिकावाट यसको रोकथाम तथा नियन्त्रणका लागि कुनै तयारी भएको देखिदैन । अहिले स्कूलहरुमा बनाइएको क्वारेन्टाइन पनि हटाइएको र भारतवाट आउने नागरिकहरु सिधै घर जान थालेका छन् ।
सुरुमा मालाखेती अस्पतालमा बनाइएको २० बेडको आइसोलेसन बाहेक अहिले थप आईसोलेस बनाउने तर्फ नगरपालिकाको ध्यान जान सकेको छैन । गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टल्े बिचमा केही दिन कम भएपछि कुनै तयारी नभएको र अब फेरि संक्रमितहरु दिनदिनै बढ्न थालेपछि नियन्त्रणका लागि छलफल गरेर अघि बढ्ने बताए ।