धनगढी -सुदुरपश्चिममा आज १ सय २९ जनामा कोरोना पुष्टी भएको छ । डडेल्धुरा, डोटी र सेती प्रयोगशालामा १२ सय ९६ जनाको स्वाब परिक्षण गरिएकोमा १ सय २९ जनामा कोरोना देखिएको हो ।
कैलालीको धनगढी स्थित सेती प्रयोगशालामा आज गरिएको कोरोना स्वाब को परिक्षणमा ३५ जनामा कोरोना पुष्टी भएको छ । बितेको २४ घण्टामा यँहाको प्रयोगशालामा ५ सय ७१ जनाको नमुना परिक्षण गरिएकोमा १२ महिला २२ पुरुषमा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुनेहरुमा अछामका १८ जना,डोटीका एक जना र कैलालीका १५ जना रहेको सेती प्रयोगशालाले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
संक्रमीत हुने हरुमा अछाम साँफेबगरका १ महिला ४ पुरुष, चौरपाटी गाउँपालिकाका ३ महिला ९ पुरुष ,मंगलसैन ९ का १ पुरुष, आदर्श गाउँपालिकाका डोटीका १ जना पुरुष रहेका छन । त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिकाका २ महिला ३ पुरुष ,धनगढी उपमाहानगरपालीका १ का ३ पुरुष १ महिला , वडा नम्बर २ का १ महिला, वडा नम्बर ५ का १ महिला, १ पुरुष रहेका छन । त्यस्तै कैलाली कै जानकी गाउँपालिकाका १ महिला, १ पुरुष र गोदावरी नगरपालिकाका १ जना पुरुष गरी जम्मा ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ४५ जनामा कोरोना पुष्टि भएको छ। भाद्र ८ र ९ गते ५९ जनाको कोरोना स्वाब परिक्षण गरिएकोमा ४५ जनामा कोरोना पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए।श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष एक महिला गरि दुई जना , केआइसिंह गाउँपालिकाका चार पुरुष र शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरि ३९ जनामा कोरोना पुष्टि भएको हो।
उता डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरीया र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ।यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले बताए।