अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा आज एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा आज मात्रै ५ महिला र १० पुरुष गरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकाहरुमा ३०,४०, २६, ५५,२० बषिय महिला र ६ , १० , ११ , १४, ४२ , ३८, ३७, ३८,४५ र २४ बर्षिय पुरुषमा रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।
उनीहरुमा वडा नं ६ का ७ जना , वडा नं १२ का २ जना , वडा नं ७ का २ जना र वडा नं ३ का ४ जना रहेको गोदावरी नगरपालिकाका सूचना प्रबिधि अधिकृत नारायण प्रसाद बडुले जानकारी दिए ।
यो संगै गोदावरी नगरपालिकामा कुल कोरोना संक्रमितहरुको संख्या ४ सय ४६ पुगेको छ । संक्रमितमध्ये धेरै जसो निको भएर घर फर्किसकेको र २ जनाको मृत्यु भएको उनले बताए ।