डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासी सुुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमा एक मात्रै महिला नगरप्रमुख हुन् । उनी विभिन्न चुनौती र समस्याका बाबजुद नगरपालिकालाई नमुनायोग्य बनाउने अभियानमा लागेकी छन् । वडावडामा पुगी जनचाहनाअनुसार काम गरेको बताउने मञ्जु मलासीसँग नगरपालिकाको समग्र विकास, भावी योजना र चुनौतीका विषयमा केन्द्रित रही राजधानीका भवनाथ प्याकुरेलले गरेको कुराकानीको सम्पादित अंश :
० दिपायल सिलगढी नगरपालिकाको समस्या र चुनौती के कस्ता रहेका छन् ?
– नगरपालिकाको आर्थिक स्रोत कम भएको हुनाले केन्द्र र प्रदेश सरकारको भर पर्नुपरेको छ । कर्मचारीको कमी हुनुका साथै हामीलाई क्षमतावान् कर्मचारीको आवश्यकता परेको छ । हिजोको ढड्डामा लेख्ने कर्मचारी अहिले आवश्यक छैन । अहिले प्राविधिक र काम जानेका वर्तमान आवस्थालाई बुझ्ने कर्मचारीको आवश्यकता रहेको छ । यो हाम्रो नगरपालिकाको मात्र समस्या भने होइन । हामीले कानुन निर्माण गर्दा बाधा अड्चनहरू रहेका छन् । त्यो कानुन कार्यन्वयन गर्दा समस्या आएको छ । विद्यालय समायोजन गर्ने क्रममा कानुन मान्दैनौं भन्ने विषय पनि आएका छन् । गोडा तान्ने प्रवृत्ति पनि आएको छ । कामलाई कसरी बिथोल्ने भन्ने कममा केही व्यक्ति लागेका छन् । तर, त्यसबाट म निराश भएको छैन ।
० नगरपालिकाको योजना कस्ता रहेका छन् ?
– २५ वर्षे गुरुयोजना पारित भइसकेको छ । कृषि, स्वास्थ्य, खानेपानी, शिक्षा, पर्यटनजस्ता विषयहरू गुरुयोजनामा समावेश गरिएको छ । युवाहरू गाउँमै स्वरोजगारमा समावेश गरेका छौं । गुरुयोजनालाई टेकेर त्यसै योजनाअनुसार अगाडि बढिरहेका छौं ।
० केन्द्र सरकारले सहयोग गरेको छैन भन्ने सुनिन्छ नि ?
– केन्द्र सरकारको सहयोग उत्साहजनक तरिकाले पाइएको छैन । स्मार्ट सिटीका लागि केन्द्र सरकारले सहयोग गर्नुपर्छ । प्रदेश र केन्द्र सरकारले कनिका छरेजसरी बजेट विभिन्न क्षेत्रमा छरेको छ । यसरी छर्दा काम प्रभावकारी भएको छैन । बजेट सक्ने रणनीतिअनुसार चाँडो काम गर्दा पनि समस्या आएको छ । त्यसका लागि समयमै बजेट दिनु आवश्यक छ । ठेक्का लिनेले काम ढिलो गरेको छ । यसले गर्दा उत्तरदायित्व वहन भएको छैन । समग्रमा बजेट सदुपयोग भएको छैन । हाम्रो जिम्मामा भएको बजेट सही तरिकाले सदुपयोग गरेका छौं । सिंहदरबारको अधिकार स्थानीय तहमा गएको भन्ने विषय गलत साबित भएको छ । अहिले पनि हामीले केन्द्रको मुख ताक्नुपर्ने अवस्था आएको छ । सरकारले गरिबमुखी बजेट ल्याउनुपर्छ । सरकारले नारा लगाएअनुसार कार्यन्वयन गर्न आवश्यक छ । नारामा मात्र सीमित हुँदा जनविश्वास गुम्न सक्ने हुँदा यसमा सरकार चनाखो हुनुपर्छ ।
० स्थानीय तहमा कानुन निर्माण गर्दा समस्या आएको भन्ने छ, तपार्इंको नगरपालिकामा कस्तो रहेको छ ?
– शिक्षा स्वास्थ्यलगायतका कानुन निर्माण गर्दा विभिन्न व्यक्तिको तर्कवितर्क हुँदा केही समस्या परेको छ । अहिलेसम्म २१ वटा कानुन बनेका छन् । हामीलाई कानुन बनाउँदा त्यति समस्या छैन ।
० जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध तपाईंको नगरपालिकामा कस्तो रहेको छ ?
– हाम्रो नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध राम्रै रहेको छ । कर्मचारीले काम गरे÷नगरेको निरीक्षण गर्ने काम मैले नै गर्नेगरेको छु । काम नगर्ने करारका कर्मचारीलाई हामीले निष्कासन पनि गरेका छौं । तर, समग्रमा उत्कृष्ट नै रहेको छ ।
० जनताको सहयोग कस्तो पाउनुभएको छ ?
– मैले जनताको सहयोग राम्रै पाएकी छु । मैले जनतालाई सोधेरै काम गरेकी छु । वडाले गर्ने काम पनि मैले नै गरेकी छु । वडाको आवश्यकता के भन्ने विषय पहिचान गरी काम गरेकी छु । वडाले कतै विभेद ग¥यो कि भनेर मैले अनुगमन गरेकी छु । जनतासँग मेरो घुलमिल छ ।
० जनताको बाचा पूरा गर्नुभएको छ ?
– चुनावमा लेखेका घोषणापत्र मसँग छ । त्यसलाई मैले पूरा गर्दै छु । तीमध्ये खानेपानी, पुल, सिँचाइ, विद्यालयको भवन, सोलारलगायत काम गरेकी छु । अन्य केही काम गर्न बाँकी छन् । त्यसलाई मेरो कार्यकालमा पूरा गर्छु ।
० त्यस क्षेत्रको आर्थिक स्रोतको सम्भावना के कस्तो रहेको छ ?
– सेती नदीमा ¥याफ्टिङ बनाएकी छु । धार्मिक पर्यटकको सम्भावना बोकेको खप्तड क्षेत्रको प्रवेशद्वार भएको हुनाले होटल, लज रिसोर्ट जस्ता सम्भावना रहेको छ । सिलगढीमा अवस्थित डोलेश्वर मन्दिर सुदूरपश्चिमकै प्रख्यात हो । त्यसबाट पनि आयआर्जन गर्न सकिन्छ । जैविक विविधतायुक्त हावापानी रहेको छ । आधा घण्टामा गर्मी र जाडो क्षेत्र पाइन्छ । हिल साइड स्टेसन बनाएर पर्यटन भि¥याउन सकिन्छ । कृषि, पशुपालन, चियाखेतीलगायतको सम्भावना रहेको चुनढुंगा प्रशोधन गरी उद्योगको रूपमा विकसित गर्न सकिन्छ ।
० विभिन्न स्थानीय क्षेत्रमा बजेट दुरुपयोग भएका समाचार आएका छन् । तपार्इंले बजेट कसरी परिचालन गर्नुभएको छ ?
– हामीलाई बजेट नै पुगेको छैन । हाम्रो बजेट दुरुपयोग भएको छैन ।
० त्यस नगरपालिकामा घरेलु श्रमिकको संख्या कस्तो रहेको छ ?
– अन्य क्षेत्रको तुलनामा कमै छ । त्यसलाई व्यवस्थापन गर्ने कार्य भइरहेको छ । हामीले अध्ययन गरेर घर फर्काउन र कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई निःशुल्क शिक्षा र बस्ने व्यवस्थापन गर्ने कार्य गरेका छौं ।
० नगरपालिकाले गरेका कामबारे बताइदिनुस् न ?
– नगरपालिकाले नगर बसको व्यवस्था गरेको छ । डिप बोरिङबाट शुद्ध खाने पानीको व्यवस्था गरेको छ । २१ वटा कानुनहरू बनिसकेका छन् । जसमा आर्थिक कानुन, बाल श्रमिक हटाउने कानुन, रणनीति र योजनाहरू मुख्य रहेका छन् । त्यस्तै पुरातŒव क्षंरक्षणका लागि डोटेली राजाको दरबार संरक्षण र पार्क निर्माणका लागि कार्य थालनी गरिएको छ । साक्षर नगरपालिका घोषणा गरिएको छ । सीप विकासमा महिलाहरूलाई हाते होजियारी (उनको कपडा बुन्ने) तालिम र मालापोते तथा सिलाइलगायत तालिम दिइएको छ । पाठेघर खसेका महिलालाई निःशुल्क स्वास्थ्य शिविर तथा शल्यक्रिया गरिने काम नगरपालिकाले गरेको छ ।
पर्यटन भिœयाउन सेती नदीमा ¥याफ्टिङ चलाइएको छ । बादी समुदायलाई जग्गा हस्तान्तरण र जिल्ला सदरमुकाममा रहेको खेलमैदानको स्तरोन्नति गरिएको छ । २५ वर्षीय गुरुयोजना निर्माण पनि मुख्य काम भएको छ । वडाहरूमा घरेलु हिंसाविरुद्धका अभियानजस्ता जनचेतनामूलक कर्यक्रमको सुरुआत गरिएको छ । आजसम्म मोटर बाटो पुग्न नसकेको ठाउँ जस्तै– कुन्जेडी तथा सिर्खोली सैनमा मोटरबाटो पु¥याएका छौं । यस्ता अन्य जनतासँग सरोकार रहेको विषयमा काम भएको छ ।
साभार - राजधानी दैनिक