अत्तरिया - 'हाम्रो मौलिकता हाम्रो सान सम्पुर्ण नारीहरुलाई सम्मान’ भन्ने मुख्य नाराका साथ धनगढीमा संचालित दहाल पुस्तक पसल प्रथम अनलाइन धनगढी तीज फोटो प्रतियोगिता २०७७ मा समि ठकुरी प्रथम भएकी छन् । विश्व भरि छरिएर रहेका १२६ जना नेपाली महिलाहरुले सहभागीता जनाएको उक्त प्रतियोगितामा समि ठकुरी प्रथम भएकी हुन् ।
यस्तै तीज फोटो प्रतियोगितामा रक्षा बम दृतिय भएकी छन् भने चित्रा नौन्याल , रेखा रावत , बसन्ती सापकोटा ,पुजा फुलारा र ममता थापा सान्त्वना स्थान प्राप्त गरेका छन् । बिजेता मध्ये प्रथमलाई नगद ५ हजार सहित गिफ्ट ह्याम्पर , दृतियलाई ४ हजार नगद सहित गिफ्ट ह्याम्पर र सान्त्वना पाचै जनालाई जनही १–१ हजार र गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागीता जनाउनका लागि समर्पण मिडिया धनगढीको पेजमा सहभागीले नाम, ठेगान र मौलिकता झल्किने फोटो माग गरिएको र प्राप्त भएका फोटोहरुलाई सहभागी न. राखेर समर्पण मिडियाको पेजमा राख्दै प्रतियोगि मध्ये जसको पोस्टमा बढी ष्पिभ आयो सोही सहभागी विजेता बन्ने प्रावधान अनुसार प्रतियोगता संचालन गरिएको समर्पण मिडिया धनगढीका प्रबन्धक डिल्लीराज ओझाले बताए ।
मिडिया धनगढीका प्रबन्धक डिल्लीराज ओझाको सभापतित्वमा जुमवाट सम्पन्न भएको प्रतियोगिताको नतिजा सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उपप्रमुख शुशिला भट्ट रहनुभएको थियो भने विशिष्ट अतिथिहरुमा पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिस्ट , मुख्य प्रायोजक दहाल पुस्तक पसलका प्रबन्धक मेखराज दहाल , समासेवी हेमराज ओझा ,रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख भट्टले कोरोना महामारीका कारण देश बिदेश आक्रान्त बनिरहेको बिषम परिस्थितिमा पनि विश्वभरीका नेपाली दिदि बहिनीहरुलाई जोड्न र मौलिकता जोगाउने खालको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजक समर्पण मिडिया धनगढीलाई धन्यवाद दिइन् ।
उनले यो प्रयास उत्कृष्ट रहेको र आगामी दिनमा थप परिपक्व बनाएर लैजादा यस प्रतियोगिताको गरिमा अझ बढ्दै जाने बताइन् । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहनुभएकी पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिस्टले देश बिदेशमा रहेका सम्पूर्ण नेपाली दिदिबहिनीमा आपसी भाइचारा प्रदान गर्न आयोजना गरिएको प्रतियोगिता एकदमै सफल भएको भन्दै खुसी ब्यक्त गरिन् ।
प्रतियोगिताको मुख्य प्रायोजक दहाल पुस्तक पसलका प्रबन्धक मेखराज दहालले समर्पण मिडिया धनगढीको आयोजनामा फरक र अत्यन्तै सृजनशील काम भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत केही सहयोग गरेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने बताए ।
यस्तै अतिथीहरुम धनगढी उपमहानगरपालिकाकि कार्यपालिका सदस्य रत्ना बिस्ट , युएईबाट समाजसेवी बिजय गिरि रहनुभएको थियो । सृजनशील मंच, सुदूरपश्चिम, खबरपात मिडिया पब्लिकेसन र समर्पण मिडिया धनगढीको सयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संचालन सृजनशील मंच, सुदूरपश्चिमका संयोजक एवं खबरपात मिडियाका प्रधान सम्पादक जनक रसिकले गरेका थिए ।






