बैतडी - जिल्लामा विदेश जानेको संख्या घटेको छ । विदेशिनको संख्या घटेपछि प्रशासन कार्यालयलाई राजश्व संकलनमा कमी आएको छ ।
गत आर्थिक वर्षमा राहदानी बनाउने र सिफारिश गर्नेको संख्या ह्जात्तै घटेको छ ।
प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷०७६ को भन्दा गत वर्षमा दुर्त सिफारिसमा ३ सय ६३ र र सधारण सिफारिसमा ३ सय २२ जना कमले सिफारिस लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा राहादानीको साधारण सिफारिस लिने ६ सय ६५ जना थिए । गत वर्ष ३ सय ४३ जनाले मात्रै सिफारिश लिएका छन् ।
यसै गरी दुर्त सिफारिस लिनेमा पनि ०७५÷०७६ मा १ हजार २ सय ७३ जना थिए भने गत वर्षमा ९ सय १० जना मात्रै छन् ।
राहादानी दस्तुरबाट गत आर्थिक वर्षमा १४ लाख ४५ हजार कम राजस्व संकलन भएको छ ।
आव ०७५÷०७६ मा राहादानी दस्तुरबाट ३२ लाख ५ हजार राजस्व संकलन भएकोमा गत आर्थिक वषर्मा १७ लाख ६० हजार मात्र राजस्व संकलन भएको जिल्ला प्रशासन बैतडीका लेखापाल भानदेव जोशीले बताए । यसै गरि नागरिकता बनाउनेको संख्यमा पनि कमी आएको छ ।
आ.ब ०७५÷०७६ मा भन्दा गत आर्थिक वर्षमा ४ हजार ८३५ जना कमले मात्र नया नागरिकता लिएका छन् ।
आव ०७५÷०७६ मा ७ हजार १७१ जनाले नागरिकता लिएकोमा ०७६÷०७७ मा २ हजार ६३९ जनाले मात्र नागरिकता लिएका छन् ।
गत वर्ष नागरिकताको लागि घुम्ती शिविर स्थानिय तहमा नजानाले नागरिकता लिनेको संख्यामा कमी आएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले बताए । ‘कोरोना माहामारीले गर्दा लकडाउन अवधिमा आवतजावत नभएकाले राहादानी तिरको राजस्वमा पनि कमी आएको छ’ उनले भने ।
यस्तै सस्था नविकरणमा पनि आव ०७५÷०७६ मा २ लाख २२ हजार ६५० रुपयाँ संकलन भएकोमा गत आर्थिक वर्षमा २७ हजार मात्र संकलन भएको छ ।
हातहतियार नविकरण तथा नामसारीमा पनि गत आर्थिक वर्षमा २२ हजार कम राजस्व संकलन भएको छ भने न्यायिक दण्ड जरिवनामा पनि १४ हजारले कमी आएको छ ।
मुद्दा दर्तामा भने गत बर्ष अरु वर्ष भन्दा वृद्धि भएको पाइएको छ । आब ०७५÷०७६ मा विभिन्न खाले मुद्दा गरि २५ दर्ता भएका मा गत आर्थिक वर्षमा ४४ मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जस मध्ये गत आवमा १९ मुद्दा मात्र फच्र्यौट भएका छन् ।