अत्तरिया - उधोग बाणिज्य संघले चार्डपर्वका बेला बजार क्षेत्रमा भिडभाड नगर्न अनुरोध गरेको छ । उधोग वाणिज्य संघले एक अपिल जारी गर्दै गोदावरी नगरपालिका भित्र कोरोना संक्रमण बढदै गएकाले नजिकिदै गएको तिज , गौरा लगाएतका पर्वहरुमा बजार क्षेत्रमा भिडभाड नगरि बिषेश साबधानी अपनाउन अनुरोध गरेको हो ।
‘पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको र सामुदाय स्तरमा फैलिंदै गईरहेको हुँदा, नजिकिँदै गएका पर्बहरु तिज, गौरा पर्बमा बजार क्षेत्र भित्र भिडभाडा नगर्न, भौतिक दुरी कायम गर्न ,सामान खरिद बिक्री गर्दा सुरक्षाको पुर्ण मापदण्ड परिपालन गर्न अपिल गरिएको छ ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोराद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ – अनिवार्य रुपमा पन्जा र मास्क प्रयोग गरौं , भुक्तानीको कारोबार गर्दा सकेसम्म अनलाईन बिधि अपनाऔं , नगरमा कारोबार गर्दा सावुन पानीले हात धुने वा सेनिटाईजर, पन्जा प्रयोग गरौं , आफ्नो सामान ढुवानी गर्दा ड्राईभर र हेल्पर बाहेक अन्य अपरिचित ब्यक्तीलाई गाडीमा सामान ओसारपसार गर्ने कार्य नगरौ नगराऔ र आफ्नो पसलरब्यावसाय संचालन गर्दा भिडभाड नगरी सामाजिक दुरी कायम गरी करोबार गरौं ।
साथै भेला गोष्टी सेमिनार नगरी घरभित्र बसी चाडपर्ब मनाएर सुरक्षित रहन सम्पूर्ण उधोगी , ब्यपारी , ब्यबसायी तथा नगरबासीमा अनुरोध गरिएको छ ।