सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएका तीनजनाको शव निकालिएको छ ।नेपाली सेना र स्थानीयले शव निकालेका हुन् । शवको पहिचान भने खुलेको छैन । पहिरोले पुरेर हराइरहेका ३७ जनाको पहिचान खुलेको छ ।गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले दिएको जानकारीअनुसार बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् ।
‘३५ घरधुरीका ३७ बेपत्ताको पहिचान खुलेको छ,’ उनले भने ।पुरिएर बेपत्ता हुनेमा मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, कान्छो दोङ, सानोकान्छी दोङ, प्रिती दोङ, वाङ्छोलामो दोङ, धनमाया तामाङ, रेनिस दोङ, भेउमाया दोङ, मिलन दोङ, विमला दोङ, माइला दोङ, प्रकाश दोङ, साइँली दोङ, आयुष दोङ, सुभाष तामाङ, छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी दोङ र सिरमाया दोङ छन् ।
त्यसैगरी बिबिरानी तामाङ, बिबिलक्ष्मी तामाङ, सानुकान्छा दोङ, साङ्लोमो दोङ, सोनाम दोङ, हिरा कामी, जिते कामी, सानोकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिष्मा दोङ, च्यामा दोङ, साङदोङ तामाङ, देउमाई दोङ र छिरिङ दोङ रहेका छन् ।पुरिएकाको संख्या अझै यकिन हुन सकेको छैन । उद्धार कार्य जारी रहेको श्रेष्ठले बताए ।