धनगढी-धनगढी उप–महानगरपालिकाको दिर्घ कालिन शहरी विकास योजना निर्माणका लागि तयार गरिएको मस्यौदामा बुधवार छलफल भएको छ ।पच्चीस बर्षिय दिर्घकालिन शहरी विकास योजना निर्माण गरिरहेको धनगढीले सरोकारवालाहरु संग छलफल गरेको छ । छलफलमा जिल्लाका राजनितिकदलका प्रतिनिधी, पूर्व नगरप्रमुखहरु,नागरिक समाजका प्रतिनिधी, जनप्रतिनिधी, पत्रकार लगायतको उपस्थीति रहेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिगत र अहिलेको अबस्थालाई बिश्लेषण गरेर दिर्घकालिन दिर्घकालिन शहरी विकास योजना निर्माण गरिन लागेको बताए ।
'हामी पच्चीस बर्षको परिकल्पना गरेर दिर्घकालिन योजना निर्माण गर्दैछौं,' नगरप्रमुख वडले भने-'त्यसैले हामीले कल्पेको धनगढी कस्तो हो सबैको सुझाव आवश्यक छ।' अहिले बनाउने दिर्घकालिन योजना संग धनगढी शहर र नगरबासीको भविष्य जोडिने छ नगरप्रमुख वडले भने-'त्यसैले समस्यौदामा छुटेका कुराहरु सुझावका रुपमा दिन सबै नगरबासी संग आग्रह गर्दछु।'धनगढीलाई ब्यबस्थीत, सुन्दर र समुन्नत शहर बनाउनका लागि सरोकारवलाहरुलाई बिभिन्न समुहमा बिभाजन गरेर सुझाव संकलन गर्ने काम भैरहेको धनगढी उप–महानगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेले बताए ।
उनले अहिले बनाएको योजनाले दिर्घकालिन असर पार्ने भएकाले पूर्वाग्रह त्यागेर सबैले सुझाव दिनुपर्ने बताए ।नगर भीत्र नगरबसपार्क, खुल्ला क्षेत्र, पार्क, आकाशेपुल क्षेत्र,एकिकृत फोहर ब्यबस्थापन केन्द्र, तरकारी बजार, मनोरञ्जन स्थल, कवडहल, पार्किङ्ग क्षेत्र, बिमानस्थल, पर्यटक सूचना केन्द्र लगायतका क्षेत्रहरु समेत छुट्याईने छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यालय धनगढीका आयोजना प्रमुख सुरेश बाग्लेले धनगढी नगरका समस्या, चुनौती र सम्भावनाहरुको बिश्लोषण गरेर दिर्घकालिन शहरी विकास योजना निर्माण भैरहेको बताए ।
सुदूरपश्चिम प्रदेशको एक मात्रै उप–महानगरपालिका हो । धनगढी निकट महानगरपालिकामा परिक्षण हुने पक्का जस्तै भएकाले पनि त्यो सोच राखेर दिर्घकालिन शहरी विकास योजना तयार गरिनुपर्ने धारणा सहभागिहरुले राखेका छन् । मस्यौदा माथी सरोकारवालाहरुले राखेका सुझावहरुलाई ग्रहण गरेर दिर्घकालिन शहरी विकास योजनामा समेटिने धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए । यो छलफल अन्तीम होईन प्रमुख प्रशाकिय सापकोटाले भने, कोर समुहमा फेरीपनि छलफल गरेर सुझाव लिन सकिन्छ ।