काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ५ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले
प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ५ लाख ३२ हजार ८ सय ५ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५१ लाख ९३ हजार २ सय ६६ पुगेको छ। त्यस्तै ब्राजिलमा ३१ लाख ६४ हजार ७ सय ८५, भारतमा २३ लाख २९ हजार ६ सय ३८ र रुसमा ९ लाख ७ हजार ४५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ४७ हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ४७ हजार ८ सय ४५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।अमेरिकामा १ लाख ६५ हजार ९ सय ३४, ब्राजिलमा १ लाख ४ हजार २ सय १, बेलायतमा ४६ हजार ७ सय ९१ , मेक्सीकोमा ५३ हजार ६ सय ६६ , इटालीमा ३५ हजार २ सय २५जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड २७ लाख ४६ हजार २ सय ७५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २५ लाख ६ हजार २ सय २८ , अमेरिकामा १७ लाख ५३ हजार ७ सय ६०, रुसमा ७ लाख ८ हजार ९ सय जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २४ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ९३ जनाको मृत्यु भएको छ।भारतमा संक्रमितको संख्या २३ लाख २९ हजार ६ सय ३८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४६ हजार ९१ पुगेको छ। भारतमा हालसम्म १६ लाख ३९ हजार ५ सय ९९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८५ हजार ९ सय २१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय २९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६३ हजार १ सय ९३ जना उपचारपछि निको भएका छन्।श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ८१ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय ३८ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ४ सय ९८ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ५ सय १३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ५३ हजार ८९ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ३ सय ४५ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ५४ जनाको मृत्यु भइसकेको छ भने २६ हजार ६ सय ९४ उपचारपछि निको भएका छन्।भुटानमा संक्रमितको संख्या ११३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९७ छ।
माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ३ सय ६६ रहेको छ। मृत्यु हुनेको संख्या २१ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको छ।