बाजुरा - जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद विकास कार्यालयको खेल मैदान र कर्भडलहल निमार्ण कार्य अलपत्र परेको छ । अधुरै रहेको कर्भडहल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनी ठेक्कादार र सम्बन्धीत निकायले सरोकार नराख्दा कर्भडलहल निमार्ण कार्यमा अलपत्र परेको छ ।
२ महिना अगाडी दुइ वटा ठेकेदार कम्पनीले जिम्मा लिएको छ। निमार्णको जिम्मा लिने कम्म पनि बडीमालीका कन्स्ट्क्सन एण्डअर्डर सप्लायर र डि.वि.कन्ट्क्सन एण्ड अडर सप्लायर रहेका छन । कम्मपनीले असार भित्र काम सम्पन गर्ने सम्झौता गरेको भए पनि काम भने असार आउन लाग्दा सम्म पनि कुनै निर्माण कार्यको प्रकृया अगाडी नबढेको स्थानीय बासी अम्मर खडकाले बताए । उनले भने बडीमालीका नगरपालीका कार्यालय,ठेकेदार र खेलकुद विकास समितीको कार्यालय बाजुराको चरम लार्पवाहीले गर्दा ठेक्का खोलेको २ महिना विदा सम्म पनि कर्भडलहलको काम सुरुहुन नसक्यको उनले बताए ।
हाल स्थानिय पुर्बाधार अन्र्तगत सासंद लालबहादुर थापाको सासंद बिकास कोषबाट पचास लाख र खेलकुद परिषदबाट चालिस लाख बजेट बिनियोजन भएको खेलकूद विकास समितिले जनाएको छ । बजेट आएर निर्माणको टेन्डर र सम्झौता भएको दुई महिना बितिकस्दा पनी ठेकेदारले ब्यवास्था गरेको खेलकुद बिकास समितीका अध्यक्ष हिक्मत थापाले बताए ।
उनले भने बडिमालिका नगरपालिकाको चरम लार्पवाहिले अहिले सम्म काम हुन नसकेको वताएका छन् । वडीमालिका नगरपालिकाले संसद बिकास कोषको जिम्मा लिएको भए पनी नगरपालिका भने बेखवर रहेको स्थानीय बासीले गुनासो गरेका छन । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले भने खेलकुद विकास समितिले निकालेको टेन्डरको कामको ढिलाइले काम नभएको बताए ।
पहिला खेलकुदको ठेकेदारको काम हो त्यसपछि नगरपालिकाको ठेकेदारको काम रहेको उनले वताए । असार सम्म काम नभए रकम फिर्ता हुने उनले वताए । बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिदा दुई वर्षदेखि अलपत्र परेको छ ।ं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेका थिए । भने तत्कालीन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेको कर्भडहल हहिले अलपत्र परेको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको थियो । प्राविधिकले पुरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए । बीचमा खेलकूद विकास परिषद्बाट ४० लाख रकम पनि लगानी भएको छ । तर त्यो बाहेक थप लगानी लगाउन कसैले सरोकार नगर्दा अलपत्र अवस्थामा रहेको छ । खरिद ऐन अनुसार सम्झौता कर्ताले सम्झौता गरेको ७ दिन भित्र काम सुरु गर्नु पर्ने ब्यवस्था रहेको छ । तर बाजुराको खेलकुद विकास समिती कार्यालयको कर्भडहलको ठेक्का भएको दुइ महिना विती सक्दा समेत ठेकेदारले काम सुरु गरेको छैनन ।