धनगढी - स्कुल अफ डेमोक्रेसी सुदूरपश्चिम प्रदेशको संयोजकमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट नियुक्त भएका छ्न ।
३ दशकदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका भट्ट एक दर्जनभन्दा बढी सामाजिक संस्थामा आबद्ध रहेका छ्न । पब्लिक क्याम्पस सघंका पुर्व केन्द्रिय सदस्य हाल पब्लिक क्याम्पस प्राध्यापक सघंका केन्द्रिय सदस्य समेत रहेका छ्न । डडेल्धुराको अजयमेरु गाउपालिका २ मा जन्मिनु भएका भट्ट सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको १४ बर्ष देखि क्याम्पस प्रमुखको नेतृत्वमा कार्यरत छन ।
देशभर ६७ जिल्लामा र १८ भन्दा बढी देशमा आफ्नो संगठन विस्तार गरिसकेको स्कुल अफ डेमोक्रेसीले सोमबार सातै प्रदेशका संयोजकको जिम्मेवारी पाउनेहरुमा प्रदेश १ मा बिशाल श्रेष्ठ, प्रदेश २ मा अरुण पञ्जीयार, प्रदेश ३ मा मदनकृष्ण श्रेष्ठ, प्रदेश ४ मा गंगाधर पराजुली, प्रदेश ५ मा जीव नारायण अधिकारी, प्रदेश ६ मा डा.महेन्द्रकुमार मल्ल र प्रदेश ७ मा धर्मदेव भट्ट नियुक्त भएका हुन ।
वि.सं. २०६८ सालमा स्थापना भएको स्कुल अफ डेमोक्रेसीले संसारभर जनताको पक्षमा र जनताको अधिकारका निम्ति, प्रजातन्त्रका लागि भएका आन्दोलनमा साथ र समर्थन जनाउदैँ आएको छ ।
यसका साथै संसारभरका राजनीतिक पार्टी र संघसंस्थाहरुसँग मिलेर काम गर्दै आएको र भावी दिनमा पनि सामाजिक प्रजातन्त्र जस्तो स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, रोजगारी लगायतका पक्षमा संसारसँग नेटवर्क विस्तार गर्ने स्कुल अफ डेमोक्रेसी (एसओडी) का केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए ।