अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथाम , नियन्त्रण तथा ब्यबस्थापनमा ३ करोड २८ लाख भन्दा बढी रकम खर्च गरेको छ । नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा जम्मा भएको रकम मध्ये २०७७ अषाढ मसान्त सम्ममा बिभिन्न शिर्षकमा गरेर ३ करोड २८ लाख ४६ हजार ४ सय १४ रुपैया खर्च गरेको हो ।
नगरपालिकाको कोरोना कोषामा नगरपालिकाको आफ्नै , प्रदेश सरकार , संघिय सरकार र बिभिन्न संघसंस्थावाट प्राप्त भएको गरि कुल ३ करोड ६५ लाख ७५ हजार ७ सय ५९ रुपैयाँ जम्मा भएको थियो ।
जसमा नगरपालिकाकै २ करोड ५० लाख , सुदूरपश्चिम प्रदेश सरकारवाट ६६ लाख ४० हजार , संघीय सरकारबाट ३० लाख ३८ हजार ३ सय २५ , नगरपालिकाका कर्मचारीबाट ४ लाख ६५ हजार १४ , सामुदायिक विद्यालयका शिक्षकबाट ११ लाख ६८ हजार ४ सय २०, बाह्रवन साझेदारी वन व्यवस्थापन समितिबाट १ लाख ५० हजार, अत्तरिया साना सहकारी खानेपानीबाट ५१ हजार, एकता प्रगतिशिल बचत सहकारी संस्थावाट २० हजार , आशा लघुबित्त बित्तिय संस्था लिमिटेडवाट १२ हजार , मोहमर जाफरवाट ११ हजार , कञ्चन डेभलपमेन्ट बैंक मेनेजरवाट १० हजार र ईन्फिनिटी लघु वित्त वित्तिय संस्था लिमिटेडवाट १० हजार रुपैया सहयोग प्राप्त भएको थियो । सोही कोषमा जम्मा भएको रकम मध्ये नगरपालिकाले क्वारेन्टाइन सञ्चालन , व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, स्वास्थ्य सामग्री खरिद , राहत वितरण लगायत बिभिन्न क्षेत्रमा खर्च गरेको हो ।
जसमा बिबिध तथा बैठक भत्ता र भ्रमण भत्तामा मात्रै १ लाख ७७ हजार १० रुपैया खर्च भएको छ । नगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार सबैभन्दा बढी मेडिकल सामग्री , आरडिटी , भिटिएम तथा औषधी खरिद १ करोड ६ लाख ४२ हजार ३ सय ९८ रुपैया खर्च भएको छ । त्यसपछि पहिलो चरणको राहत तथा क्वारेन्टाइन खाद्यन्नमा ६६ लाख ९९ हजार ६ सय ७३ रुपैया , बिधुत सामाग्री खरिदमा २४ लाख ४४ हजार ४ सय ४७ रुपैया , इन्धनमा ३ लाख १ हजार ९ सय १४ रुपैया , भाडा बर्तनमा ४ लाख १७ हजार ५ सय ५८ रुपैया , वडाको समेत गरि रेनकोट र मास्क खरिदमा १५ लाख ५३ हजार ८ सय ६२ रुपैया , प्लाष्टिका सामाग्री खरिदमा ६४ हजार ३ सय २५ रुपैया , सुचना तथा संञ्चारमा ४ लाख ९९ हजार १ सय २५ रुपैया , खाना ब्यवस्थापनमा १ लाख ४८ हजार ४ सय ५३ रुपैया र ढुवानी एबम् गाडी भाडामा ८ लाख ९३ हजार १४ रुपैया खर्च गरेको छ ।
यस्तै भान्से तथा श्रमिक ज्यालामा १८ लाख १२ हजार ३१ रुपैया , स्टेश्नरीमा २५ हजार ८ सय ३० रुपैया , क्वारेन्टाइन ब्यबस्थापन तथा दोस्रो चरणको राहतमा ६२ लाख ७५ हजार ५ सय ३३ रुपैया , क्वारेन्टइन सरसफाई तथा स्यानिटाईजेशनमा २ लाख २ हजार ५ सय ३३ रुपैया र तन्ना , चटाई तथा झुल खरिदमा ६ लाख ८९ हजार ६ सय ५५ रुपैया गरि कुल ३ करोड २८ लाख ४७ हजार ४ सय १४ रुपैयाँ खर्च गरेको गरेको हो ।
अब उक्त कोषमा ३७ लाख २८ हजार ३ सय ४५ रुपैयाँ बाकिँ रहेको गोदावरी नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले बताए । अहिले गोदावरी नगरपालिकामा कुल कोरोना संक्रमितको संख्या ४ सय १३ रहेको छ । ति मध्ये करिब ६० जना बिभिन्न क्वारेन्टाइन तथा आइसोलेसनमा बसिरहेका छन् ।