अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ४ सय १३ पुगेको छ । भारतवाट आएर क्वारेन्टिनमा बसेका र ट्राभल हिष्ट्री नभएका समेत गरि नगरपालिकाका १२ ओटै वडामा १ सय ३२ जना महिला र २ सय ८१ जना पुरुष गरि हाल सम्म ४ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।
नगरपालिका भित्र पछिल्लो केही दिन यता दैनिक जसो संक्रमित थपिदै गइरहेका छन् । सबै भन्दा बढी संक्रमित वडा नं ११ र १२ ओलानी क्षेत्रमा फेला परेका छन् भने सबै भन्दा कम वडा नं २ मा फेला परेका छन् । नगरपालिकामा अहिले सम्म १५ सय भन्दा बढी मानिसहरुको पिसिआर परिक्षण भैसकेको छ ।
जसमा वडा नं १ मा १२ महिला र १९ पुरुष गरि ३१ जना , वडा नं २ मा ७ जना पुरुष , वडा नं ३ मा ९ महिला र २४ पुरुष गरि ३३ जना , वडा नं ४ मा २ महिला र १७ पुरुष गरि १९ जना , वडा नं ५ मा २ महिला र ९ पुरुष गरि ११ जना , वडा नं ६ मा १५ महिला र २३ पुरुष गरि ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।
यस्तै वडा नं ७ मा १० महिला र ३० पुरुष गरि ४० जना , वडा नं ८ मा ४ महिला र ११ पुरुष गरि १५ जना , वडा नं ९ मा ९ महिला र १२ पुरुष गरि २१ जना , वडा नं १० मा ६ महिला र ८ पुरुष गरि १४ जना , वडा नं ११ मा ३३ महिला र ६० पुरुष गरि ९३ जना र वडा नं १२ मा ३० महिला र ६१ पुरुष गरि ९१ जना संक्रमित फेला परेको गोदावरी नगरपालिकाका सुचना प्रबिधि अधिकृत नारायण प्रसाद बडुले जानकारी दिए । उनले संक्रमितहरु मध्ये ३ सय ५३ जना निको भैसकेको बताए ।
बाकिँ ६० जना भने नगरपालिकाले स्थापना गरेका बिभिन्न आइसोलेसन तथा होम आइसोलेसनमा बसिरहेको उनले बताए । गोदावरी नगरपालिमा वडा अध्यक्ष देखी वडा कार्यलयका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणवाट २ जनाको मृत्यु समेत भैसकेको छ ।