कैलाली -अत्तरिया क्षेत्रका होटेल ब्यबसायीहरुको साझा संस्था गोदावरी होटेल व्यबसायी संघका नबनिर्वाचत कार्यसमितिको सपथ ग्रहण आज सम्पन्न भएको छ ।
केही दिन अघी बसेको होटेल ब्यबसायीहरुको आम भेलाले सहमतीको आधारमा नयाँ कार्य समिती चयन गरेको थियो । जसको अध्यक्षमा पुन: धना देबि चोखाल, उपाध्यक्षमा हरि गुरागाइँ, महासचिबमा शिवराज रेग्मी चयन भएका हुन ।
यस्तै सचीवमा लोकेस खड्का, कोषाध्यक्षमा दिल बहादुर खत्री , सदस्यमा बिस्ना देबि बोहोरा, रम बहादुर धामी, लाल बहादुर धामी ,कमल धामी, प्रजापति भट्ट, शेर बहादुर पाली, बल्देभ भट्ट र खगेन्द्र अधिकारी रहेका छन ।
सोही कार्यक्रममा लकडाउनको बेला घर भाडा छुट दिने घरधनीलाई सम्मान पनि गरिएको थियो । नब निर्बाचित संघकी अध्यक्ष धना देबि चोखाल सभापतित्वमा सुरु भयको कार्यक्रममा प्रमुख अतिथि गोदवरी नगरपलिकाका नगर प्रमुख हरि सिं साउंद रहनु भएको थियो भने बिष्शिट अतिथीमा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देबकोटा ,ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख ज्ञान बाहादुर बिष्ट,सुदुरपश्चिम होटेल ब्यबसायी माहासंघका अध्यक्ष दिपक बहादुर खड्का, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बहादुर बम, होटेल व्यवसायी संघ कंचनपुरका अध्यक्ष प्रमानन्द भण्डारी लगायतका ब्यक्तीहरु रहेका थिए ।