बाजुरा - कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ भन्ने मुल नाराका साथ सदरमुकाम मार्तडीमा प्रथम बाजुरा महोत्सव सञ्चालन भै रहेको छ । महोत्सवको पाचौ दिनमा चालीस हजार बढीले अवलोकन गरेको उद्योग बाणिज्य सँघ कायालयका प्रमुख टेक बहादुर धामीले बताए ।
धामीले भने चालीस हजार बढीले महोत्सवको अवलोकन गरेका छन भने ५० लाख बरावरको आर्थीक आमदानी भएको कार्यालय प्रमुख धामीले बताए बाजुरामा पहिलो पटक बाजुरा उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवले बाजुराको उद्योग पर्यटन, कृषि जडिवुटी व्यापार पर्वद्धनमा सहयोग पुग्ने उद्योग वाणीज्य सघ बाजुरका अध्यक्ष देव बाहादुर रोकायाले बताए । उहाँले महोत्सवले बाजुराको संस्कृतिलाई प्रबद्र्धन र स्थानीय उत्पादनलाई समेत प्रोत्साहन गर्ने बताए ।
महोत्सवमा उद्योग बाणिज्य संघका बाजुराका कार्यालय प्रमुख टेक बाहादुर धामीले कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराको विकासका लागि मुख्य आधार रहेको बताए । सदरमुकाम मार्तडीमा शुक्रबारबाट सूरु भएको महोत्सव आज पाचौ दिन सम्म संचालन भै रहेको छ ।
करिब ८० लाख बढीको लागतमा हुन लागेको महोत्सवमा १ करोड बढीको कारोबार हुने र पचास हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान बाजुरा उद्योग बाणिज्य संघ कायालय प्रमुख धामीले बताए ।
महोत्सवमा १ सया भन्दा बढी व्यापारिक स्टलहरु रहेका छन भने दर्शकहरुको मनोरन्जनका लागि रमाइलो मेलाका विभिन्न खेलहरु सञ्चादन भै रहेका छन । जिल्लामै बाजुरा उद्योग बाणिज्य संघले प्रथम पटक महोत्सवको आयोजना गरेकोले महोत्सव उद्योग बाणिज्य संघको मात्र नभर्ई समग्र बाजुराबासीको भएको आयोजक ले बताए ।