अत्तरिया - नेपालमा फेरि मनसुन सक्रिय हुने भएको छ । गए राति बाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सरेकाले अबको दुई र तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति एक्कासी भारी बर्षा भएको सुदूरपश्चिम प्रदेशमा पनि आज भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ ।
यस वर्ष निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ । आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदरपश्चिममा गए राति भएको बर्षाले नदीहरुमा पानी जलस्तर बढ्ने बाढी समेत आउन सक्ने भएकाले सर्तक रहन भनिएको छ । मौसम विभागको बाढी सूचना केन्द्रले सबैलाई एसएमएस पठाउदै गए राती ९ देखि विहान ३ बजे सम्म दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपास केहि स्थानमा भारी बर्षाको पूर्वानुमान छ ।
हाल कैलालीको धनगढी, चिसापानी र कञ्चनपुरको धेरै स्थानमा अतिभारी बर्षा भएको,थप हुने देखिएकोले कान्द्रा,मोहना,घुराहा,खुट्टिया,स्याउली,चौधर लगायत साना नदीमा आकस्मिक बाढी भई सतर्कता माथि पुग्न सक्ने, तटिय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरू ८ बजे सम्म सुरक्षित रहन केन्द्रले जारी गरेको सूचना उल्लेख गरिएको छ ।