अत्तरिया - गोदावरी नगरपालिका भित्रका विभिन्न वडाहरुमा चालु आर्थिक बर्षमा सडक कालो पत्रे र ग्राभेल को कार्य अन्तिम चरणमा पुगेको छ । हाल सम्म ६ करोड ४ लाख २० हजार बराबरको कालोपत्रेको प्रस्तावित भौतिक प्रगति भएको छ । नगरपालिका भित्रका सबै वडाहरुमा जम्मा ९ हजार ४ सय १५ मिटर अर्थात ९ दशमलब ४ किलोमिटर सडक कालोपत्रेको कार्य संचालन भइरहेको छ ।
नगरपालिका भित्र रहेका १२ वटै मध्ये वडा न १ मा ५४ लाख बजेटमा ५ सय ५० मिटर , वडा न ३ मा ५८ लाख बजेटमा ६ सय ५ मिटर , वडा न ५ मा ६५ लाख बजेटमा १ हजार एक सय २५ मिटर , वडा न ६ मा १ हजार ३५० मिटर सडक ९१ लाख बजेटमा , वडा न ७ मा ५ सय ८० मिटर सडक ३५ लाख बजेटमा सडक कालोपत्रे भएको छ ।
यस्तै वडा न ८ मा ८० मिटर सडक ५ लाख बजेटमा , वडा न ९ मा २ हजार ४६० मिटर सडक १ करोड २५ लाख बजेटमा , वडा न १० मा ६१५ मिटर सडक ४१ लाख ४० हजार बजेटमा , वडा न ११ मा ६ सय ७० मिटर सडक ४३ लाख ५० हजार र वडा न १२ मा ५०० मिटर सडक ४१ लाख ३० हजार बजेट सम्झौता भई उपभोक्ता मार्फत कालोपत्रेको कार्य भईरहेको नगरपालिकाका इन्जिनियर रुद्र बोगटीले बताए।
उनका अनुसार २ र ४ नम्बर वडामा भने गत आर्थिक वर्ष २७४-२०७५ मा बाटो कालो पत्रे सम्पन्न भईसकेको थियो । गत बर्ष वडा न २ मा १ दशमलब ४ किलोमिटर सडक तथा वडा न ४ मा १ दशमलब ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भईसकेको इन्जिनियर बोगटीले जानकारी दिए ।
यस्तै हालसम्म नगरपालिकाका विभिन्न वडाहरुमा वडा अनुसार जम्मा ४५ दशमलब ४ किलो मिटर सडक ग्राभेल गरिएको छ । नगरपालिकाको बजेट र टिप्पर प्रयोग गरि वडा न १ मा ७ दशमलब ५ किलोमिटर , वडा न २ मा ४ दशमलब ५ किलोमिटर , वडा न ३ मा २ दशमलब ५ किलोमिटर, वडा न ४ मा ११ दशमलब ५ किलोमिटर , वडा न ५ मा २ दशमलब ५ किलोमिटर , वडा न ६ मा २ दशमलब १ किलोमिटर, वडा न ७ मा ७ सय मिटर , वडा न ८ मा ७ सय मिटर , वडा न ९ मा ३ दशमलब २ किलोमिटर , वडा न १० मा ३ दशमलब ५ किलोमिटर, वडा न ११ मा ३ दशमलब २ किलोमिटर र वडा न १२ मा ३ दशमलब ५ किलोमिटर सडक ग्राभेल गरिएको नगरपालिकाले जनाएको छ ।