अत्तरिया - गोदावरी नगरपालिकले तत्काल लकडाउन नगर्ने भएको छ । नगरपालिकामा आज बसेको सरोकारवालाको बैठले नगरपालिकामा कोरोनाको उच्च जोखिम भएपनी केही दिन स्थीतीको थप जटिलता पर्खिने निर्णय भएको छ ।
बैठकमा सहभागी अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले नगरपालिका भित्र कोरोना रोकथामको लागी थप सतर्कता अपनाउन सबै क्षेत्रबाट पहल गरिने बारे छलफल भएको बताए ।
'नगरपालिकामा दैनिक कोरोना संक्रमितको संख्या बढेपछि के गर्ने अब भन्ने बिषयमा सुझाबको लागी हामीले बोलाइएको थियो हामीले हाम्रो कुरो राख्यौ,' अध्यक्ष देबकोटाले भने ,' तर अहिले नै लकडाउन गर्ने कुरो भएको छैन, छिमेकी नगरपालिका सँग पनि सर सल्लाह गर्ने थप निर्णय अर्को बैठकबाट गर्ने कुरो भएको छ।'
उनले कोरोनाको जोखिम गोदावरी नगरपालिकामा उच्च रहेकाले बजारमा अनुगमन गर्ने,भिडभाड कम गराउन सचेतना फैलाउने ,भेला सभा सम्मेलन नगर्ने तर्फ सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्ने निर्णय भएको उनले बताए । सरोकारवालाको मिटिङमा स्वास्थ्य शाखाका प्रमुख वीर बहादुर कुँवरले नगरपालिकामा कोरोना को स्थीतीको बारेमा ब्रिफिङ गरेका थिए । उनले कम्तीमा १५ दिनको लागी भएपनी नगर क्षेत्रमा लकडाउन गर्नु पर्ने सुझाब दिएका थिए ।
नगरपालिकाका मेयर हरि सिं साउँद को उपस्थीतीमा भएको बैठकले अहिले नै लकडाउन नगर्ने समिक्षा गरेको हो। गोदावरी नगरपालिकामा अहिले सम्म ३९४ जनामा कोरोना देखिएको छ ।
सुदुरपश्चिमका धेरै मानिषहरुको आवतजावत गर्ने केन्द्र पनि गोदावरी नगरपालिका नै भएकाले कोरोना रोकथामको लकडाउन गर्नु पर्ने स्थानियले भने माग गरेका छन । सोमबार र मंगलबार मात्रै गोदावरी नगरपालिकाका तीन वटा वडामा ५६ जनामा कोरोना संक्रमण देखिएको थियो ।