अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले प्रत्येक बर्ष आफ्नो जन्मदिन सामाजिक कार्यमा लगाउदै मनाउदै आएकी छन् । नगर उपप्रमुख कडायत प्रत्येक बर्ष आफ्नो जन्म दिनको अबसर पारेर नगरभित्र रहेका अनाथ ,असहाय एबम् अपाङगता भएका ब्यक्तिहरु बस्दै आएका संघसंस्था र बिपन्न परिवारहरुलाई आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्दै आएकी हुन् ।
उनले यस बर्ष पनि आफ्नो जन्मदिनको अबसरमा कैलालीको गोदावरी २ अत्तरियामा रहेको हिंसाबादी विश्व शन्ति धर्म चक्र बौद्ध गुम्बामा आबासिय रुपमा अध्यनरत रहेका अनाथ एबम् असहाय बालबालिकाहरुलाई खाध्यान्न , फलफुल र शैक्षिक सामाग्रीहरु सहयोग गरेकी छन् ।
१७ जना अनाथ , असहाय बालबालिकाहरु आवाशिय रुपमा अध्यनरत गुम्बामा पुगेर आज एक सामान्य कार्यक्रमका बिच चामल , दाल , नुन तेल , चिनी , चियापत्ती , फलफुल र कापी कलम लगाएतको शैक्षिक समाग्रीहरु बौद्ध गुम्बाका मुख्य लामा गणेश मोक्तानलाई हस्तान्तरण गरेकी हुन् ।
यसका साथै उप प्रमुख कडायतले गोदावरी नगरपालिका वडा नं २ बस्ने बिपन्न परिवारका रामदत्त भट्टको दाम्पतीलाई पनि चामल , दाल , नुन , तेल लगाएतका खाध्यन्न सामाग्रीहरु सहयोग गरेकी छन् ।
यसैगरि जन्ददिनको अबसर पारेर गोदावरी ५ निवासी क्यान्सर पिडित हेमलता बि.कलाई पनि उनले नगद रु ३ हजार रुपैया सहयोग गरेकी छन् । जन्मदिनको अबसरमा अनाथ , असहाय र विचल्लीमा परेको परिवारलाई थोरै भएपनि सहयोग गर्न पाउँदा मनमा आनन्द छाएको उपप्रमुख कडायतले बताइन् ।
उनले आफु पनि सामान्य परिवारवाट हुर्केको हुदा सबैका पिडा र समस्यलाई नजिकवाट बुझेको बताइन् । उनले आगामी दिनहरुमा पनि आफ्नो ब्यक्तिगत तर्फवाट र नगरपालिकाका तर्फवाट हुन सक्ने सहयोग पनि गर्दै जाने बताइन् ।
गत बर्ष उनले जन्मदिनको अबसरमा ओलानीमा रहेको एक गरिब परिवारलाई खाध्यान्न र शैक्षिक सामाग्रीहरु सहयोग गरेकी थिइन् भने अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसका आवाशिय रुपमा बस्दै आएका बालबालिका र महिलाहरुलाई खाजा समेत खुवाएकी थिइन् ।