धनगढी -नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४ सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा साेमबार माेरङ, सप्तरी, महाेत्तरी, धनुषा, पर्सा र कैलाली जिल्लामा उच्च संख्यामा संक्रमित भेटिएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज ६४ जनामा कोरोना पुष्टि भएको हो।
आज मात्रै कैलालीका ४५ जनामा कोरोना देखिएको छ । त्यसपछि कञ्चनपुरका १५ र अछामका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३५ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा कैलालीका थप एकजनामा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए। यता सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २० जनामा कोरोना पुष्टी भएको छ ।
जसमध्य ६ महिला १४ पुरुषमा गरी २० जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जारी गरेको आजको प्रेस नोटमा उल्लेख गरिएको छ ।
संक्रमितहरुमा सबैभन्दा बढी कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ९ जना रहेका छन । ति मध्य ३ महिला ६ पुरुष रहेका छन त्यस्तै अछामका दुई महिला दुई पुरुष गरी ४ जना र कन्चनपुर का एक महिला ६ पुरुष गरी सात जनामा पनि कोरोना देखिएको छ ।