भारत (मुम्बइ)-काेराेना भाईरस संत्रासका बिच पनि सुदुरपश्चिमका अधिकांश नागरिकहरू नेपालबाट भारत फर्कन बाध्य भएका छन । भारतमा काेराेना राेगले भयावह स्थिति सिर्जना हुनसक्ने भन्दै सुरक्षित रहन स्वदेश भित्रीएकाहरू यतिबेला राेजगारिका लागि पुन: भारत फर्कन बाध्य बनेका हुन । राेजगार तथा अन्य आम्दानीको स्राेत नहुँदा दैनिक गुजारा गर्न समेत गाह्राे हुन थालेपछि लकडाउनका बिच पनि भारत फर्किनेको संख्या दिनप्रतिदिन बढ्न थालेकाे छ ।
भारतमा फागुन महिनादेखि र नेपालमा चैत महिना देखि नै लकडाउन भएको थियो । लकडाउनकै बिचमा पनि भारतका अधिकांश कम्पनि तथा हाेटेलहरूमा कामकाज संचालन भैरहेका छन । यद्यपि राेगकाे डरत्रासका कारण भारतमा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम भने अझै राेकिएकाे छैन । भारतबाट विभिन्न सिमानाकासम्म उनिहरूलाई पुर्याउन दैनिक बसहरू संचालन भैरहेका छन भने साेहि बसमा राेजगारिका लागि भारत फर्कन चाहने नेपालिहरू पनि धमाधम फर्किरहेका छन । भारतमा पनि दिनप्रतिदिन राेगकाे संक्रमण तिव्र रूपमा वृद्धि भईरहेकाे छ । तर राेगकाे भन्दा पनि भाेकले ज्यान जाने डरका कारण आफु राेजगारिका लागि भारतमै फर्किएकाे कैलालिका धर्म जाेशीले बताए । उनि काेराेना राेगकाे डर त्रासका कारण गत चैत्र महिना मात्रै भारतबाट स्वदेश फर्किएका थिए ।
यस्तै नेपाल आएका लाल बहादुर विकले भने - नेपालमा राेजगारी नै छैन घर बस्दा के खाने आफुसँग खेतिपाती गर्न प्रशस्त जमिन पनि छैन जति ठुलाे राेग आएपनी आँखिर चाहिने त्यै पैशा रहेछ । दैनिक गुजारा गर्न गाह्राे भयाे तै भएर राेजगारि गर्न भारतमै फर्किए । आफुहरुको लागि सरकारले केही वास्ता नगरेकाे अर्का व्यक्ति खडक राेकायाले गुनासाे गरे ।
'राेगका कारणले ज्यान जाेगाउन जसाेतसाे उतिबेला घर त फर्कियाै तर यहाँ के खाने राेजगार गरेर कमाएकाे अलिकति पैशा थियाे त्याे पनि सकियाे,' रोकायाले भने ,' अब त मनमा डर त्रास सबै हटिसक्याे , आफुले सुरक्षित भएर बस्ने हाे डर त सबै ठाउमा उस्तै छ। काम नगरि कसैले खान दिदैन, काेराेनाकाे डर त्रास भएपनि राेजगार चलेकाे छ अब भाेकले मर्ने डर छैन ।'यी त उदाहरणिय पात्र मात्रै हुन अझै हजाराै , लाखाै नेपालीहरु राेजगारिका लागि भारत फर्कने तयारिमा छन । भारत पस्नु हाम्राे रहर हाेईन बाध्यता छ । सरकारले आफुहरुको समस्यालाई वास्ता नगरेकाेप्रति उनिहरूकाे गुनासाे छ ।
भारत नेपालीहरुको लागि राेजगारिकाे प्रमुख गन्तव्य रहेकाे देखिन्छ । एकिन तथ्यांक नभएपनि खुल्ला सिमानाका ,भारत प्रवेश गर्न र काम गर्न पासपाेर्ट तथा श्रम स्वीकृति नचाहिने अनि अन्य गन्तव्य मुलुककाे तुलनामा त्यहा पुग्न खर्च कम लाग्ने भएकाले पनि नेपालिहरू ठुलै संख्यामा भारतमा रहेकाे अनुमान गर्न सकिन्छ । राेजगारिका लागि बर्सेनि अनुमानित १५ देखि २० लाखकाे संख्यामानै नेपालिहरू भारत जाने गरेका छन ।