अत्तरिया -गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या थपिंदै गएपछि थप सतर्कता अपाउनु पर्नेमा स्थानियले जोड दिएका छन । लकडाउन खुकुलो भएपछि संक्रमितहरुको संख्या दिनानुदिन बढदै गएको छ । शनिबार मात्रै गोदावरी नगरपालिकाका बिभिन्न वडामा २७ जनामा संक्रमण देखीएको छ । यो संख्या बढेपछि स्थानियमा झनै त्रास बढेको छ ।
गोदावरी नगरपालिकाको मुख्य बजार पूर्ण रुपमा खुलेको छ । अत्तरिया बजार सुदुरपश्चिमको मुख्य केन्द्र बजार भएकाले पनि धेरै मनिषहरुको आवतजावत हुने गरेको छ । बजारमा गाउँ गाउँबाट किनेमेल गर्न आउने सर्बसाधरणहरुले किनमेल गर्दा खास स्वास्थ्य सुरक्षामा ध्यान दिएको पाईएको छैन । धेरै जसोले मास्कपनी लाउने गरेका छैनन ।
बजारका ब्यबसायीहरुले पनि पसलमा सामाजिक दुरी खासै कायम नगरेको स्वय ब्यापारीहरुले बताएका छन । हिन्दूहरुका मौलिक पर्ब तिज र गौरा नजिकिए संगै स्थानियहरुको बजारमा किनमेल गर्ने क्रमपनी बढेको छ । गोदावरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीर बहादुर कुंवर नगरपालिका भित्र संक्रमित को संख्या बढदै गएकाले थप सजगता अपनाउनु पर्ने बताउनु हुन्छ ।
'लकडाउन खुकुलो भएपछि स्थानियहरुले लापर्बाही गरेको देखिन्छ,हामीले भनेको कुरो पनि मान्दैनन,' उनले भने ,' यस्तै अबस्था रहे फेरी सुरक्षाको लागी लकडाउन गर्नु पर्ने हुन्छ, त्यसैले सार्बजनिक स्थलमा जाँदा सबैले ख्याल गर्नु पर्यो। 'उनका अनुसार अहिलेसम्म नगरपालिका भित्र ३ सय ४९ जनामा कोरोना देखिएको छ । जसमध्य २ सय ९४ जना डिस्चार्ज भएका छन ।
अझैपनी गोदावरी नगरपालिका भित्र झण्डै ५० जना क्वारिनटाइनमा रहेका छन । क्वारिनटाइनमा बसेर घर फर्किएकाहरुले पनि बिषेश ध्यान दिनुपर्ने स्थानियहरुको भनाई रहेको छ । अन्य ठाउँमा मास्क नलगाएर हिंड्नेलाई प्रहरीले कार्बाही गरेपनी यँहा खासै त्यसमा कडाइ गरेको देखिएको छैन । मास्क प्रयोगकर्ताहरुले पनि ठीक तरिकाले मास्कको प्रयोग नगरेर नाक मुख छोप्नुको साटो घाटीमा मास्क झुन्ड्याउने गरेकाहरु बजारमा प्रसस्तै भेटिने गरेका छन ।